Prakash Adhikari May 9, 2023

काठमाडौं, २६ वैशाख। सन नेपाल जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा १५० रुपैयाँ ५५ पैसा थप गरी प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा आईपीओ निष्काशन गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेलदन दिएको छ । इन्स्योरेन्सले २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको ९६ लाख कित्ता सेयर निष्काशन गर्नेछ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । आईपीओ जारी गरेपछि इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

सन नेपाल आक्रामक बीमा व्यवसाय गर्ने कम्पनीमा पर्दछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा सन नेपाल लाइफको नाफा २०९.४८ प्रतिशतले बढेको छ ।

चालू आवको तेस्रो त्रैमासको अवधिमा इन्स्योरेन्सले ४४ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा इन्स्योेरेन्सले १४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

इन्स्योरेन्सले यस अवधिमा २ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २४।५५ प्रतिशतले धेरै हो । गत आवको तेस्रो त्रैमासको अवधिमा इन्स्योरेन्सले २ अर्ब १ करोड ९५ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको थियो ।

इन्स्योरेन्सले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट २८ करोड ४७ लाख रुपैयाँ र बिमालेखको धितोमा कर्जाबाट १४ कराड रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै, इन्स्योरेन्सले यस अवधिमा अभिकर्ता कमिशन खर्च शिर्षकमा २५ करोड १८ लाख रुपैयाँ खर्च गरेको छ ।

इन्स्योरेन्सको चुक्ता पुँजी ६० प्रतिशतले बढेर २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको जगेडा तथा कोषमा १ करोड ९२ लाख रुपैयाँ र जीवन बिमा कोषमा ४ अर्ब ६१ करोड १ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सले हालसम्म ९ लाख ४१ हजार १४ वटा कुल बिमालेख जारी गरी ९ अर्ब ६ करोड १५ लाख २ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस्तै, चालू आवको तेस्रो त्रैमाससम्ममा मात्रै इन्स्योरेन्सले २ लाख ९१ हजार ८ सय ८३ वटा कुल बिमलोख जारी गरी कुल २ अर्ब ८९ करोड ७२ लाख ८२ हजार रुपैयाँ कुल बप्माशुल्क संकलन गरेको छ ।

इन्स्योरेन्सले यस अवधिमा ३ हजार २ सय ६९ वटा दाबी संख्या वापत ८२ करोड ९६ लाख ५६ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भने १२ वटा बीमा दाबीवापत इन्स्योरेन्सले ३३ लाख ४५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

Share Now

Leave a comment.