लन्डन(संयुक्त अधिराज्य), २८ चैत्र । नेपाली नयाँ वर्ष २०७५ को पूर्वसन्ध्यामा लण्डनमा स्थापित नारी मिलन महिला समूह युकेले शुभकामना साँझ सम्पन्न गरेको छ ।
एनआरएनए यूके महासचिव आर के त्रिपाठीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको अध्यक्षता नारी मिलन महिला समूह बेलायतकी अध्यक्ष विद्या विश्वकर्माले गरेकी थिइन् ।
कार्यक्रममा मन्तव्यका क्रममा महासचिव त्रिपाठीले महिलाहरुलाई संगठित र सशक्त बनाउन नारी मिलन महिला समूहले उल्लेख्य योगदान गरेको बताए ।
उनले परिवार र कामको व्यस्तताबीच महिलाहरुले समुदायमा गरेको सामाजिक कामको पनि सरहाना गर्दै एनआरएनए यूकेले महिला सशक्तिकरणका सवालमा उक्त संस्थासंग सहकार्य गर्ने विश्वास दिलाए ।
संस्थाकी अध्यक्ष विद्या विश्वकर्माले कार्यक्रम सञ्चालन गर्दै आफूहरु वौद्धिक र प्राज्ञिक स्तरमा कम र प्रचारप्रसारमा ओझेल परेपनि निस्वार्थ भावले समाजसेवा गर्न उत्सुक भएको बताइन् ।
उनले बेलायतका नेपाली महिलाहरुलाई सरसहयोग गर्ने उद्देश्यले सन् २०१४ मा संस्था स्थापना गरिएको प्रष्टयाइन् ।
कार्यक्रममा उपस्थितलाई सरस्वती राई र हरिकला अर्यालले स्वागत गरेका थिए ।
कार्यक्रममा रवि लिम्बु, तृप्ति गुरुङ, मनिषा बस्नेत, पुष्पा तामाङ, सुमिरा थापा, सुनिता गुरुङ, राजकुमार गुरुङ, बिना खनाल, ज्ञानु श्रेष्ठ लगायतले नृत्य गरेका थिए । कार्यक्रममाा रफी श्रेष्ठको बांसुरीको धुन संगै स्थानीय गायक आशिष राज, विद्या विश्वकर्मा, मनु गजमेर,कमला गुरुङले सुमधुर गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङ,नायक ध्रुबदत्त, युवा समाजसेवी हेम गुरुङ,नबिन लामा ,पत्रकार नबिन पोखरेल, शिव भण्डारी, अतिथिको रुपमा रहेका थिए ।