Prakash Adhikari May 26, 2023

काठमाडौं, १२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८० ०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट आज पारित गर्ने कार्यक्रम रहेको छ ।

सत्ता गठबन्धनका दलहरुले आजको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम पनि रहेको छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री जवाफ दिइसकेपछि नीति तथा कार्यक्रमका लागि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यक्रम पनि तय गरिएको छ।

संशोधन प्रस्तावहरु निर्णायार्थ पेश गरेपछि राष्ट्रपतिद्धारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश हुने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा पेस गरेका थिए।

संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छ।

Share Now

Leave a comment.