Prakash Adhikari May 26, 2023

काठमाडौं, १२ जेठ ।काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलअन्तर्गत आज  नेपालले काजकिस्तानसँग खेल्दै छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३–१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको हो।

आजै हुने पहिलो सेमिफाइनलमा समूह एको विजेता भारतले भने समूह बीको उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ। खेल दिउँसो साढे २ बजेपछि हुनेछ।

समूह बीको खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराई समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

 

Share Now

Leave a comment.