काठमाडौँ, १४ जेठ । आज प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक बर्ष २०७९ ८० को आर्थिक सर्वेक्षण पेश गर्नुहुने भएको छ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे संघीय संसद भवन वानेश्वरमा सुरु हुँदै छ ।
प्रतिनिधि सभाको संभावित कार्यसूचीमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम उल्लेख छ ।
संसदको संयुक्त बैठकमा नेपाल सरकारका तर्फबाट अर्थमन्त्रीले आगामी आर्थिक बर्षको बार्षिक आयव्यय विवरणसहितको बजेट प्रस्तुत गर्ने अघिल्लो दिन आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने प्रचलन रही आएको छ ।
आर्थिक सर्वेक्षणमा चालु आर्थिक बर्षमा विनियोजित बजेट र आर्थिक बर्षको १० महिनासम्म भएको प्रगतिसहित अघिल्ला आर्थिक बर्षको बजेटमा बिनियोजित रकम र भएका कामहरुको तथ्यगत विवरण उपलब्ध हुने गर्दछ ।


















