
काठमाडौं, ३० चैत्र । युनाइटेड इन्सुरेन्स कम्पनीको अग्नि बीमामा बीमा समितिले रोक लगाएको छ ।
सीजी इलेक्ट्रोनिक्सलाई २४ करोड रुपियाँ बढी दाबी भुक्तानी दिएको प्रमाणित भएपछि बीमा समितिले युनाइटेडको अग्नि बीमा रोेकेको हो ।
बीमा समितिले शुक्रबार (चैत ३०) युनाइटेड इन्सुरेन्सलाई अग्नि बीमा बन्द गर्न भन्दै पत्र पठाएको बीमा समितिले जनाएको छ ।
युनाइटेडले किर्ते दाबी भुक्तानी गरेको प्रमाणित भएपछि अग्नि बीमा रोकिने डरले चैत १८ गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।
नक्कली दाबीमा २४ करोड भुक्तानी दिने युनाइटेड इन्सुरेन्स आन्तरिक किचलोमा, १ सय २७ कर्मचारीको राजीनामा
तर, उच्च अदालत पाटनबाट युनाइटेडले किर्ते दाबी गरेको ठहरसहित केही समयअघि बीमा समितिलाई निर्णयको पूर्णपाठ पठाएको थियो ।
अदालतको त्यही निर्णय बकार्यान्वयनका लागि समितिले युनाइटेडको अग्नि बीमामा रोक लगाएको हो ।
कम्पनीको सुशासनको अवस्था सन्तोषजनक नभएसम्मको लागि अग्नि बीमा रोकिने छ ।
अब कम्पनीले आफू सुशासित रहेको आधारसहित बीमा समितिलाई चित्त बुझाउन सकेमा मात्र अग्नि बीमा खोलिने छ ।
२०६९ असोजमा सतुङ्गल गोदाममा आगो लागेपछि सर्भेयर र अन्डरराइटरले अग्नि बीमा अन्तर्गत ५८ करोड क्षति भएको प्रमाणित गरेको थियो ।
सोहीअनुसार युनाइटेड इन्सुरेन्सले विभिन्न समयमा ३४ करोड दाबी भुक्तानी गरेको र २४ करोड रुपियाँ बैङ्क ग्यारेन्टी गरेको थियो ।