काठमाडौं, ७ आषाढ । चर्चित बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
शाहलाई रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुले बिहीबार बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच स्वागत गरेका छन्।
रास्वपा नेता एवम् प्रतिनिधिसभा सदस्य शिशिर खनालले शाहलाई पार्टीमा स्वागत गरिएको जानकारी दिनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई प्रशिक्षण विभाग प्रमुख बनाएको छ हो।
खनालका अनुसार शाहले अब रास्वपामा प्रशिक्षण विभागको नेतृत्व गर्दै कार्यकर्तालाई प्रशिक्षण दिनुहुने छ।
उहाँ पछिल्लो पटक नविल बैंकको सीईओको भूमिकामा हुनुहुन्थ्यो। त्यहाँबाट बिदा भएपछि मोटिभेस्नल स्पिकरका रुपमा सक्रिय शाहले नेतृत्व विकाससम्बन्धी तालिम पनि दिने गर्नुभएको छ।


















