काठमाडौं, १८ श्रावण । यही श्रावण ७ गते सामाखुशी खोलामा आएको बाढीमा परेर हराएका १३ वर्षीय बालक साजन मगरको शव भेटिएको छ।
बिहीबार दक्षिणकालीस्थित बागमती नदीमा शव फेला परेको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमुख ढुंगेलले जानकारी दिनुभएको छ।
खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खटिएको थियो।
काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक यही साउन ५ गते साँझ फुटसल खेल्न जाँदै गर्दा खोला तर्ने क्रममा बाढीले उर्लिएको सामाखुशीमा खसेर बेपत्ता भएका थिए।


















