Prakash Adhikari October 14, 2023

काठमाडाैं, २७ असोज । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ। ओखलढुंगाको रुम्जाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो।

हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहनुभएको र उहाँ सुरक्षित रहनुभएको मनाङ एअरले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरमार्फत राजधानीको ह्याम्स हस्पिटल ल्याउन लुक्ला पुर्‍याइएको छ।

Share Now

Leave a comment.