काठमाडौं, २८ असोज । ‘ग्लोबल आइएमई बैंकको साथमा दसैं रमाइलो’ भन्ने नारासहित ग्लोबल आइएमई बैंकले बडादशैंको अवसरमा डिजिटल कारोबारमा छुट तथा क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकले आफूलाई आवश्यक सरसामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा ३०० देखि ५०० रुपैयाँसम्मको नगद फिर्ता हुनेछ । यस नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकले योजना अवधिभर कम्तीमा १ हजारको ३ वटा कारोबार गरेमा ३०० र ५ वा सोभन्दा धेरै पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा ५०० रुपैयाँ नगद फिर्ता हुनेछ ।
यो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात् वडादशैं (दशमी)को दिनसम्म लागू हुनेछ । साथै, बैंकले मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफूलाई आवश्यक सरसमान खरिद गर्दा क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा दसैं प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको नगद छुट पाउनेछन् । यो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात् बडादशैं (दशमी) को दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३ सय ५० शाखा, ३ सय ६९ एटीएम, ३ सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सय भन्दाबढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।


















