काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन सरकारका घटकबीच भएको सत्ता नेतृत्वको समझदारीले किटान गरेको अवधिभित्रै सेनालाई आफ्नो नियन्त्रणमा ल्याउन चाल्नुभएको गोटी खेर जाने भएको छ ।
सहयोगी प्रकाशन नेपाल रिपब्लिकन मिडियामा सुरक्षा निकायमा समायोजन हुँदा नेपाली सेनामा आएका माओवादी लडाकू यमबहादुर अधिकारीलाई प्रधानसेनापतिमा लैजान सेनामा चलखेल भएको समाचार प्रकाशित गरेको थियो । सो विषयमा आफ्नो ध्यानाकर्ष भएको भन्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भन्नुभएकोे छ, “नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।”
नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।
— Dr Shekhar Koirala (@Shekharnc) October 15, 2023
माओवादीले आफ्ना लडाकूलाई नेपाली सैनिकको नेतृत्वमा ल्याएर सेनामा कब्जा जमाउन खोजेको समाचार सार्वजनिक भएपछि रक्षा मन्त्री पूर्ण बहादुर खडकाले पनि नेपाली सेनामा राजनीतिक चलखेल हुन नदिने प्रष्ट पार्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्स(पहिलेका ट्वीटर)मा लेख्नुभएको छ, “नेपाली सेनाको भावि प्रधानसेनापतिको नाममा मेरो नाम समेत जोडेर केहि संचार माध्यममा लेखिएका कुरा भ्रामक र असत्य भएको कुरा प्रष्ठ पार्न चाहान्छु।सैनिक ऐन,नियम र नेपाली सेनाको स्थापित परम्पराको बिपरित गर्ने र हुन दिने कुरा म कल्पना पनि गर्न सक्तिन,म यस प्रति पूर्णप्रतिबद्ध छु।”
नेपाली सेनाकाे भावि प्रधान-सेनापतिकाे नाममा मेराे नाम समेत जाेडेर केहि संचार माध्यममा लेखिएका कुरा भ्रामक र असत्य भएकाे कुरा प्रष्ठ पार्न चाहान्छु।सैनिक ऐन,नियम र नेपाली सेनाकाे स्थापित परम्पराकाे बिपरित गर्ने र हुन दिने कुरा म कल्पना पनि गर्न सक्तिन,म यस प्रति पूर्णप्रतिबद्ध छु। pic.twitter.com/tEAmnroC8N
— Purna Bahadur Khadka (@NCPurnaKhadka) October 15, 2023
नागरिक दैनिकको असोज २७ गतेको अंकमा माओवादी लडाकू यमबहादुर अधिकारीलाई नेपाली सेनाको प्रधानसेनापति बनाउने उद्देश्यले हाले पदावधि थप गरिएको उल्लेख गर्दे अब उपरथीमा लैजान तारतम्य मिलाउन थालिएको समाचार प्रकाशित गरेको छ । नागरिकका अनुसार प्रधानसेनापति प्रभुराम शर्मा २०८१ भदौमा अवकाशमा जानुहुन्छ । उहाँपछि दोस्रो स्थानमा रहनुभएका सरोजप्रताप राणा एक बर्ष पदावधि थप्न नपाई यही सातादेखि बिदामा जान, हुनेछ । राणापछिका सीताराम खड्का पनि शर्मा अगावै अवकाशमा जानु हुनेछ । त्यस अवस्थामा प्रधानसेनापतिका लागि ताराध्वज पाण्डे र अशोक सिग्देलबीच प्रतिस्पर्धा हुने छ । राणा बिदामा बसेको वा अवकाशमा गएको १३ दिनमा पनि रोलक्रमबारे निर्णय भएन भने पाण्डे पनि अवकाशमा जानु हुनेछ । यस्तो अवस्थामा सहायक रथी अधिकारी उपरथीमा बढुवा हुने र त्यसपछि उहाँलाई प्रधानसेनापति बन्न कसैले रोक्न नसकिने निश्कर्ष नागरिकले निकालेको छ ।
उपरथीमा बढुवाका लागि तीन देखि ६ वर्ष सहायक रथीमा काम गरेको हुनुपर्छ। अधिकारीको चार वर्ष पुग्यो, उहाँ बढुवाका लागि ‘टप फाइभ’ भित्र पर्नुहुन्छ ।


















