Prakash Adhikari October 29, 2023

काठमाडौँ, १२ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता सुरु भएको छ । महासचिव गुटेरेसलाई रक्षा सचिव किरणराज शर्माले रक्षा मन्त्रालयमा स्वागत गर्नुभयो ।

आज परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्तापछि गुटेरेस रक्षामन्त्री खड्कालाई भेट्न मन्त्रालय पुग्नुभएको हो ।

महासचिवसंगको भेटमा नेपाल र राष्ट्रसंघ बीचको सम्बन्ध, नेपालले राष्ट्रसंघ अन्तरगतको शान्ति सैनिकमा पुर्याएको योगदान, राष्ट्रसंघले निर्धारण गरेको दीगो विकास लक्ष्य प्राप्तिमा नेपालले गरेको प्रगति र जलवायु परिवर्तनले नेपालमा परेको असर जस्ता विषयमा छलफल भएको थियो ।

Share Now

Leave a comment.