Prakash Adhikari February 19, 2024

काठमाडौं, ७ फागुन । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

यही फाल्गुन ६ गते अनमोल ब्याङ्गकेट, शंखमूल काठमाण्डौंमा सफलता पूर्वक सम्पन्न भसाधारण सभाले शेयरधनीहरुलाई १०.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साविकको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिएपश्चात संयुक्त रुपमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट २०८० साल जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो ।

मर्जर पश्चात कम्पनीको यो पहिलो साधारण सभा हो ।

साधारण सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९।८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ।

तेस्तै सभाले आर्थिक वर्ष २०८० ।८१ का लागी बाह्य लेखापरीक्षक जे.बि. राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।

साधारण सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ (दश दशमलव दुई छ एक दुई) प्रतिशतले हुन आउने रकम रु.१९,५४,३२,०००।(अक्षरेपी उन्नाइस करोड चौवन्न लाख बत्तीस हजार) र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ (शून्य दशमलव पाँच चार शून्य एक) प्रतिशतका दरले हुने रकम रु.१,०२,८५,८९४.७४ (अक्षरेपी एक करोड दुई लाख पचासी हजार आठ सय चौरानब्बे र चौहत्तर पैसा) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।

यसैगरी सभाले नियमावलीमा संचालकको संख्या र कार्यकाल र नियुक्ति सम्बन्धमा आवश्यक संशोधन गर्न स्वीकृति प्रदान गरेको छ ।

साथै संचालक समितिको सदस्यहरुको निर्वाचन भई संस्थापक सेयरधनीतर्फ आजाद श्रेष्ठ, प्रणवकुमार दास (प्रतिनिधि सी.जी. फुडस् नेपाल लि. को तर्फबाट) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुप प्रा.लि.को तर्फबाट) निर्विरोध निर्वाचित हुनुभएको छ भने सर्वसाधारण सेयरधनीतर्फ पानुदत्त पौडेल र शम्भु अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

साविकका दुबै कम्पनीको शाखा, उपशाखा कार्यालयहरुको मिलान तथा कर्मचारीहरुलाई समायोजन गरी प्रधान कार्यालय लगायत ६ वटा प्रादेशिक कार्यालय, ४१ वटा शाखा कार्यालयहरु, ४३ वटा उपशाखा कार्यालयहरु, ५ वटा बीमा काउण्टरहरु र ६ वटा तेश्रो पक्ष बीमा काउण्टरहरुबाट र ३ सय ६५ दिन प्रधान कार्यालयबाट कम्पनीले बीमा सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले चालु आ।व २०८० । ८१ को पौष मसान्त सम्ममा रु.१ अर्ब ३० करोड ६४ लाख ७६ हजार बीमाशुल्क आर्जन गरी रु.१३ करोड १८ लाख ८७ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ ।

तेस्तै चालु आ.व २०८०।८१ को पौष मसान्त सम्ममा कुल १ लाख ५ हजार ९ सय ३३ बीमालेख जारी गरेको छ भने कुल ४ हजार ६ सय ५४ दाबीमा रु ८१ करोड २८ लाख १७ हजार ५ सय ३४।– भुक्तानी गरेको छ ।

यस बाहेक,बीमा सम्बन्धी प्राविधिक ज्ञान भएका दक्ष जनशक्ति कम्पनीभित्रबाट नै तयार गर्ने दीर्घकालीन उद्देश्यका साथ नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कर्मचारी तालिम तथा विकासमा विशेष प्राथमिकता दिई प्रधान कार्यालय अन्तर्गत व्यवस्थापन तह तथा सम्बन्धित विभागबाट प्रादेशिक कार्यालय, शाखा तथा उपशाखा कार्यलयहरुमा भौतिक तथा विद्युतिय माध्यमको उच्चतम प्रयोग गरी विभिन्न तालीम सेवा प्रदान गरी कर्मचारीहरुको दक्षता तथा क्षमता वृद्धि गर्ने कार्यलाई तीव्रता प्रदान गरेको छ ।

Share Now