
नयाँ दिल्ली(भारत),२८ बैशाख । नेपालको २ दिवसीय राजकीय भ्रमणको लागि भारतीय प्रधानमन्त्री दिल्लीबाट एअर इण्डियाको जहाजबाट उडेका छन् ।
उनी पटनाबाट भारतीय वायु सेवाको जहाजबाट जनकपुर आउने कार्यक्रम छ ।
जनकपुरको जानकी मन्दिरमा षोडशोपचार विधिबाट पूजा अर्चना गरेपछि उनी प्रदेश नं २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्धारा गरिने नागरिक अभिनन्दनमा सरिक हुनेछन् ।
नागरिक अभिनन्दन पछि उनी भारतीय वायु सेवाको जहाजमा काठमाडौं आउने कार्यक्रम छ ।