Prakash Adhikari May 14, 2018

 

सानेपा (ललितपुर), ३१ बैशाख । नेपाली कांग्रेसले भारतीय सांसद कीर्ति आजादले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अवसर पारेर सामाजिक सञ्जालमा व्यक्त गरेको विचारको कडा शब्दमा निन्दा गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्तिमार्फत उनको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको ध्यानाकृष्ट भएको उल्लेख गर्दै भनेका छन, “दुईदेश बिच शदियौदेखि रहदै आएको सुमधुर सम्बन्धमा खलल पुर्याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता,अखण्डता र नेपालको स्वाभिमानमाथि ठाडो प्रहार गरेको छ । भारतीय सांसद आजादको यो आपत्तिजनक अभिव्यक्तिको नेपाली कांग्रेस घोर निन्दा तथा भत्सर्ना गर्दछ ।”

नेपाली कांग्रेसले स्वतन्त्र,सार्वभौम र स्वाधीन राष्ट नेपालको विषयमा भारतीय सांसद आजादबाट आएको दुराशयपूर्ण अभिव्यक्ति नेपाल र नेपाली नागरिकहरुका लागि सैह्य हुन नसक्ने विषय हो भनेको छ ।

नेपाली कांग्रेसले सो भनाई सच्याउन लगाउन नेपाल सरकारलाई अबिलम्ब कुटनीतिक पहल गर्न पनि आग्रह गरेको छ ।

Share Now

Leave a comment.