Prakash Adhikari May 16, 2018

बीरेन्द्रनगर(सुर्खेत), २ जेठ । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको मकालु एयरको विमानको अझै अत्तोपत्तो लागेको छैन ।

बुधबार बिहान ६ः१२ मा सुर्खेतबाट बजे कार्गो सामान लिएर उडेको विमान ६ :५५ पछि सम्पर्कविहीन भएको थियो ।

विमानमा चालक दलका २ सदस्य मात्रै छन् । विमान ७ः५५ मा सिमकोट पुग्नुपर्ने भए पनि अहिलेसम्म सम्पर्कमा छैन ।

सुर्खेत प्रशासनले खोजीको लागि सम्भावित जिल्लामा सुरक्षा टोली परिचालन गरेको छ ।

यसअघि प्रहरीले धुँवा देखेर सिमिकोट विमानस्थलमा जानकारी दिएको थियो। सिमिकोटले हामीलाई जानकारी गरायो, तर उक्त जानकारी गलत रहेछ,’ सुर्खेत विमानस्थलका प्रवन्धक विनोद पन्तले भने,‘ खोज्न गएको हेलिकप्टर चालकको फोन अफ छ पछिल्लो सूचना आएको छैन।’

‘यसअघि हामीले धुला चौरमा जहाज भेटिएको जानकारी पाएका थियौ। तर उक्त जानकारी गलत रहेछ,’ प्रमुख पन्तले भने,‘विमान अझै सम्पर्क बिहिन छ।’

७ नम्बर प्रदेशका संघीय प्रहरी कार्यालयका प्रमुह एसएसपी धनसिंह बोहोराका अनुसार हराएको भनिएको क्षेत्र बगरमा पनि जहाज फेला परेको छैन। हेलिकप्टरबाट खोज्ने काम भइरहेको छ।

खोजीमा हेलिकप्टरसँगै प्रहरीको टोली पनि परिचालित छ।

विमानका चालकदलमा क्याप्टेन किरण भट्टराई र को(पाइलट आदित्य नेपाली रहेका थिए।

Share Now

Leave a comment.