Prakash Adhikari April 24, 2024

 

काठमाडौं, १२ बैशाख । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई तीन रात चार दिनको मुक्तिनाथ भ्रमण गराएको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कार्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल २०० जना भन्दाबढि बरिष्ठ अभिकर्ताहरुलाई नेपालको पर्यटकीय क्षेत्र मुस्ताङको मनोरम दृष्यहरु अवलोकन गराउने र त्यहाँ अवस्थित नेपालको मुख्य तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गराउने उदेश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीका एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले भ्रमण कार्यक्रमबाट देशको आन्तरिक पर्यटन प्रवद्र्धन हुनुका साथै विभिन्न क्षेत्रमा कार्यरत अभिकर्ताहरु बिच एक आपसमा अन्तत्र्रिmया भर्इं अभिकर्ता समूहको दक्षता अभिवृद्धिमा प्रत्यक्ष लाभ पुग्न जाने भएकोले कम्पनीले यस प्रकारको योजना ल्याएको र अभिकर्ताहरुको उत्साहजनक उपस्थितिले कार्यक्रम अत्यन्तै सफल भएको बताउनु भयो ।

Share Now