Prakash Adhikari April 24, 2024

काठमाडौं, १२ बैशाख । के्रस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष ऋषिराज मोरले बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

मोर कम्पनीको प्रथम वार्षिक साधारण सभामा संस्थापक समूहको तर्फबाट निर्विरोध निर्वाचित हुनुभएको थियो । उहाँलाई २०८० चैत्र १९ मा सम्पन्न कम्पनीको संचालक समितिको बैठकले अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

उक्त शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्रधिकरणका पदाधिकारीहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.को समेत उपस्थिति रहेको थियो ।

Share Now