बीरेन्द्रनगर(सुर्खेत), १८ वैशाख । कर्णाली प्रदेशको सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री यामलाल कँडेलले आफू सो पदमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै सरकारलाई पूर्णता दिनुभएको हो ।
चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच विभागीय मन्त्रालय र संख्याको भागबण्डामा लामो कसरत गरेपछि मंगलबार माओवादी र एमालेका तीन । तीन जना मन्त्री नियुक्त गर्नुभयो।
माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रणसिंह परियार नियुक्त हुनुभएको छ ।
त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त हुनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राख्नुभएको छ ।
नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदबहाली गर्नुभएको छ ।