Prakash Adhikari May 18, 2018

 

काठमाडौं,४ जेठ । सरकारले हुकुमी शासन चलाउन खोजेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका सांसद राधेश्याम अधिकारीले सरकारले निर्माण व्यवसायीहरुलाई अनावश्यक दुःख दिन खोजेको आरोप लगाए ।

उनले काठमाडौंमा सडकको समस्या विकराल भएको बताउदै सरकारले काम नगरेको नाममा ठेकेदारलाई गैरकानुनी रुपमा पक्राउ गर्न थालेको आरोप लगायो ।

उनले गृहमन्त्रीले निर्माण व्यवसायीलाई जेल हाल्ने मनसायले गृहमन्त्रीले काम गरेको आरोप लगाउदै भने, अहिले पोखरामा पक्रन थालियो, अस्ती चिनी मिलमालिकहरुलाई त्यसै गरियो । फर्मान आदेशबाट देश चल्दैछ । गणतन्त्रमा कानुनभन्दा माथि कोही छैन भन्ने मन्त्रीजीहरुले विर्सन थाल्नु भएको छ ।’

फर्मान जारी गरेर केही नहुने भन्दै ठेकेदारलाई कानुन अनुसार कस्न आग्रह गरे । मन्त्रीहरुले बोल्ने र त्यसअनुसार काम गर्दै जाने हो भने गैरकानुनी आदेशबाट थुनिएको भन्दै ठेकेदारहरु अदालत सक्ने उनले बताए ।

Share Now

Leave a comment.