Prakash Adhikari May 19, 2018

काठमाडौं, ५ जेठ । नेकपा एमाले र माओवादी केन्द्र विघटन गरी बिहिबार निर्माण गरिएको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा प्रधानमन्त्री केपी शर्मा ओली सर्वसम्मतिले चयन भएका छन् ।

एमाले र माओवादी मिलेर नेकपा पुनर्गठन गरेपछि शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको संंसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

नयाँ पार्टीको संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक भने चयन हुन बाँकी छ ।

यसमा एकीकृत हुनुपूर्वका दुवै दलका पदाधिकारीलाई मिलाएर राखिने बुझिएको छ ।

यसअघि एमालेले सुवास नेम्वाङलाई उपनेता बनाएको थियो भने खगराज अधिकारीलाई प्रमुख सतेचक र शान्ता चौधरीलाई सचेतकको जिम्मेवारी दिएको थियो ।

माओवादी केन्द्रमा प्रचण्ड संसदीय दलको नेता र देव गुरुङ प्रमुख सचेतक थिए ।

Share Now

Leave a comment.