Prakash Adhikari May 19, 2018

लण्डन(संयुक्त अधिराज्य), ५ जेठ (बीबीसी) । संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच एउटा भव्य समारोहमाझ विवाह सम्पन्न भएको छ।

विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरूको विवाह भएको हो।

मेगनको परिवारतर्फबाट उनकी आमा डोरिया मात्र उपस्थित भइन्  ।

मार्कल आफ्नी आमा सहित रोल्स रोयस गाडीमा विवाहस्थलमा पुगेकी थिइन्।

सेन्ट जोर्जेज च्यापलमा पुगेलगत्तै ह्यारीका पिता युवराज चार्ल्सले मार्कलको हात डोर्‍याएर भित्र लगेका थिए।


महारानी एलिजावेथ र उनका पति ड्युक अफ एडिन्बरा पनि विवाह समारोहमा उपस्थित भए
ह्यारी भने आफ्ना दाजु विलियमसँगै विवाहस्थलमा पुगेका थिए।

उत्सुकता
वैवाहिक समारोहमा छ सय जना पाहुना उपस्थित थिए।

ती पाहुनामा एल्टन जन, ओप्रा विन्फ्रे, जर्ज क्लुनी र सेरेना विलियम्स लगायत थिए।

वैवाहिक कार्यक्रम हेर्न सडकको दुईतिर हजारौँ मानिस लामबद्ध भएर उभिएका थिए।


नाम चलेका कलाकार र टीभी कार्यक्रम प्रस्तोताहरू पनि निम्ता मान्न विन्ड्सर पुगेका थिए

कतिपयले राम्रो दृश्य देख्न सकियोस् भनेर केही दिनअगाडि देखि नै त्यस्ता सम्भावित स्थलमा पाल टाँगेर बसेका थिए।

यसअघि विवाहपछि ह्यारी र मार्कलको जोडी ससेक्सका ‘ड्युक र डचेस’का रुपमा चिनिने घोषणा गरिएको थियो।

समारोहमा सहभागी हुन नेताहरू निमन्त्रणा दिइएको थिएन।

तर प्रधानमन्त्री टरिजा मेले राजकुमार ह्यारी र मर्कललाई सामाजिक सञ्जाल ट्विटरमार्फत् शुभकामान दिएकी छन्

 

 

Share Now

Leave a comment.