Prakash Adhikari May 20, 2018

 

नयाँ दिल्ली ६ जेठ । नेपाली युवा क्रिकेट खेलाडी सन्दीपले इन्डियन प्रिमियर लिग आइपिएलमा आइतबार भएको मुम्बइविरुद्धको खेलमा आफ्नो जादू देखाएका छन् ।

अहिले दोस्रो पारी चलिरहेको खेलमा सन्दीपले पहिलो पारीमा मुम्बईको ३ विकेट लिएका हुन्।
आजको खेलमा दिल्लीले मुम्बईलाई ११ रनले जितेको छ ।

खेलमा दिल्लीले सुरुमा ब्याटिङ गरेर मुम्बइलाई १७५ रनको चुनौती दिएको थियो ।

मुम्बईले निर्धारित २०ओभरमा १६३ रनमात्र बनाउन सक्यो ।

ओपनिड. बलरका रुपमा आएका सन्दीपले चौथो बलमा आइपिएलमा जमेका भारतीय ब्याटम्यान सूर्यकुमार यादवलाई आउट गरी पेभिलियन फर्काए ।

त्यसपछि दशौं ओभरमा बलिड. गर्न आएका सन्दीपले पहिलो बलमा किरण पोलार्ड र चौथो बलमा एच के पाण्डेलाई आउट गरे। सन्दीपले आएट गरेका तीनै जना खेलाडीको आइपिएल प्रदर्शन राम्रो छ।

सन्दीप आबद्ध दिल्ली डेयर डेभिल्स आइपिएलको अघिल्लो चरणबाट बाहिरिइसकेको छ भने अघिल्लो चरणमा जान मुम्बइले खेल जित्नै पर्ने हुन्छ।

यो खेल मुम्बइले जितेमा रनरेटको आधारमा मुम्बइको अघिल्लो चरण पुग्ने संभावना बलियो छ। रनरेटमा समान अंक भएका टिमभन्दा मुम्बइ अगाडि छ।

मुम्बइले खेल जिते पनि आइतबारकै अर्को खेलमा चेन्नइलाई पञ्जावले एकदमै फराकिलो हार चखाएमात्र मुम्बइको यात्रा रोकिन सक्छ। त्यो गणितीय संभावना भने एकदम कम छ।

त्यस्तो भइहालेमा गणितीय आधारमा पञ्जाव र राजस्थानमध्ये एक प्लेअफमा पुग्ने छन्। मुम्बइको पनि हार र पञ्जावको पनि हाल भएमा राजस्थानका लागि अघिल्लो चरणको ढोका खुल्नेछ।

मुम्बइ र पञ्जावको समान १२र१२ अंक छ। राजस्थानका १४ अंक छ। यसअघि नै हैदरावाद, चेन्नइ र कोलकता अघिल्लो चरण पुगिसकेका छन् भने दिल्ली र बैंलोर प्रतिस्पर्धाबाट बाहिरिसकेका छन्।

 

Share Now

Leave a comment.