काठमाडौं, २२ आषाढ । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेसंग नेपाल क्रिकेट संघले केन्द्रीय संझौता गरेको गरेको छ ।
बिहीबार र शुक्रवार बसेको नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय समिति बैठकले सन्दीपसंग केन्द्रीय संझौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो ।
सन्दीप सेन्ट्रल कन्ट्रयाक्टको ‘ए’ ग्रेडमा रहने क्यानले जानकारी गराएको छ । बैठकले उनलाई टी २ ०आईमा १०० विकेट लिएका बधाई दिंदै जुलाई १, २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म केन्द्रीय सम्झौतामा राखिएको छ ।
उमेर पुगेकी एक युवतीसंग सहवास गरेको मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएपछि उनी संघको निलम्बनमा परेका थिए । सो मुद्द्दामा उच्च अदालत पाटनले सफाई दिएपछि क्यानले जेठ २ गते उनको निलम्बन फुकुवा गरेको थियो । निलम्बन फुकुवा भएसँगै विश्वकप खेल्न जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकाको भिसा नदिएपछि उनले विश्वकपमा नेपालले वेस्ट इन्डिजमा हुने खेलमा सहभागिता जनाएका थिए ।
नेपालले खेलमा आइसिसी टी २० विश्वकप अन्तर्गतका दक्षिण अफ्रिका र बंगलादेश विरुद्धका खेलहरु खेलेका थिए । उनले बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिंदै सबैभन्दा थोरै खेलबाट टी २० अन्तर्राष्ट्रिय खेलमा विकेट लिनेमा दोस्रो खेलाडीको स्थान बनाए ।
उनलाई क्यानले घरेलु तथा अन्तराष्ट्रिय प्रतियोगिता झेल्न नपाउनेगरी गत पुस २६ गरे निलम्बन गरेको थियो । निलम्बनमा रहेका कारण उनी सेन्ट्रल कन्ट्रयाक्टको सूचीमा रहेका थिएनन् ।
क्यानले केन्द्रीय सदस्य समेत रहेका छुम्बी लामालाई प्रवक्ता समेत नियुक्त गरेको छ ।
https://twitter.com/CricketNep/status/1809178993368674663


















