Prakash Adhikari July 7, 2024

 

बर्लिन(जर्मनी), २३ आषाढ (एजेन्सी) । टर्की लाई पराजित गर्दै नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

गए राति बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २-१ गोलले टर्कीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

टर्कीले खेलको ३५औं मिनेटमा खेलमा आग्रह लिएको थियो । आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेडर मार्फत गोल गर्दै खेलमा टर्कीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा ६ मिनेटको अन्तरालमा दुई गोल गर्दै नेदरल्याण्ड्सले अग्रता लिन सफल भयो ।

७०औं मिनेटमा मेम्फिस डिपाएको क्रसमा शक्तिशाली हेडर प्रहार गर्दै स्टेफान डेभ्रिजले खेल बराबरीमा ल्याए । ७६औं मिनेटमा नेदरल्याण्ड्सले अग्रता लियो ।

डेन्जेल डमफ्रिजको क्रसमा मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सको पुनरागमन पुरा भयो । सोही गोल जितका लागि पर्याप्त गयो ।

नेदरल्याण्ड्सले अब सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ ।

इङ्ल्यान्डले शनिबार राती स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।

अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने छन् ।

Share Now