Prakash Adhikari August 11, 2024

मस्को ( रुस), २७ साउन (रासस / एएफपी)  । प्यालेस्टिनी सरकारका राष्ट्रपति महमुद अब्बासले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग गाजा युद्धबारे छलफल गर्न आगामी साता मस्को भ्रमण गर्ने हुनुभएको छ ।

रुसको सरकारी समाचार समिति तासले मस्कोमा रहनुभएका प्यालेस्टिनी राजदूतलाई उद्धृत गर्दै अब्बास सोमबार मस्को आइपुग्ने र मङ्गलबार पुटिनलाई भेट्ने जानकारी गराएको छ ।

राजदूत अब्देल हाफिज नोफलले बताएअनुसार दुई नेताले अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा भएका घटनाबारे छलफल गर्ने बताउनभयो ।

“हामी जटिल अवस्था भोगिरहेका छौ र रुस हाम्रो नजिकको देश हो । हामीलाई एकअर्काको परामर्श आवश्यक छ”, राजदूत अब्देलले बताउनुभयो ।

मस्कोले वर्षौँसम्म इजरायल र प्यालेस्टाइनसहित मध्यपूर्वका सबै प्रमुख मुलिकसँग सन्तुलन सम्बन्ध कायम राख्ने प्रयास गरिरहेको छ । तर इजरायल–हमास युद्ध सुरु भएपछि र युक्रेनमाथि रुसको आफ्नै दवन्द्वपछि पुटिन इजरायलको प्रतिद्वन्द्वी हमास र इरानको निकट हुनुभएको छ ।
–––

Share Now