Prakash Adhikari December 11, 2018

कीर्तिपुर(काठमाडौं), २५ मंसिर । अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा पोखरा राइनोजले प्रस्तुत गरेको लक्ष्य भेटाउने क्रममा विराटनगर पनि समान अंक बटुले पछि सुपर लिगमा पुगेको पोखरा र विराटनगरबीचको खेलमा विराटनगर विजयी बनेको छ ।

पोखरा राइनोजले प्रस्तुत गरेको लक्ष्य भेटाउने क्रममा विराटनगर पनि समान अंक बटुले पछि सुपर लिगमा पुगेको पोखरा र विराटनगरबीचको खेलमा विराटनगर विजयी बनेको छ ।

निर्धारित २० ओभरको खेलमा पोखराले ७ विकेट गुमाएर ८४ रनको योगफल तयार पारी विराटनगरको सामु ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा ब्याटिड. गर्न आएको विराटनगरले पनि १९.३ ओभरमा सबै विकेट गुमाएर ८४ रननै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

यसरी रन बराबर भएपछि खेल सुपर लिगमा गएको थियो ।

सुपर लिगमा दुवै टीमलाई पूरा एक ओभरका ६ । ६ बल खेल्न दिइयो । थप गरिएको बलको विराटनगर वारियर्सले भरपूर उपयोग गर्यो र पोखरा राइनोजलाई ७ रनले पराजित गर्यो ।

सुपर ओभर बिराटनगर वारियर्सले पारस खड्का र करन केसीलाई ब्याटिड.मा पठाएको थियो। पोखराले बलिङ्ग गर्न पेस बलर पल कग्लिनलाई पठायो।

बिराटनगरले सुपर ओभरको ४ वटा बलमा २ २ रन लियो भने २ वटा छक्का प्रहार गर्न सफल भयो। सुपर ओभरको ६ वटै बल करन केसीले खेल्दै २० रन बनाए। फलस्वरूप खेल जित्न पोखरा राइनोजले २१ रनको लक्ष्य पायो।

पोखरा राइनोजले भने सुपर लिगको २१ रनको लक्ष्यको सामना गर्न रिचर्ड लेभी र बिनोद भण्डारीलाई ब्याटिंगमा पठायो भने बिराटनगरले बलिङ्गमा भान डर मर्वेलाई पठायो।

मर्वेको पहिलो बलमा लेभीले ठुल सट प्रयास गरे तर बल छुन सकेनन्। दोश्रो बलमा लेभीले १ रन लिए भने तेश्रो बलमा बिनोद भण्डारीले छक्का प्रहार गरे। चौथो बलमा बिनोदले १ रन लिए भने पाँचौ बलमा लेभीले पनि १ रन लिए। अन्तिम बलमा बिनोद भण्डारीले चौका प्रहार गरे पनि टिमलाई जिताउन सकेनन्।

सुपर ओभरमा उत्कृस्ट ब्याटिंग गरेका करन केसी खेलको प्लेयर अफ द म्याच चुनिए।

बिराटनगरको ब्याटिंग पनि फितलो

ििनर्धारित २० ओभरको खेलमा विराटनगरको व्याटिड. पनि फितलो भयो । पोखराले दिएको ८५ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगरले १९।३ ओभरमा ८४ रनमा सबै विकेट गुमाउन पुग्यो

विराटनगरले २८ रनको योगफलमा ४ विकेट गुमायो। ओपनिङ्ग ब्याटिंग गर्न आएका पारस खड्का १ र अनिल साह खाताबिहिन, आसिफ शेख १९ रन र समित पटेल ८ रनमा विकेट गुमाए।

पाँचौ नम्बरमा आएका भान डर मर्वे ११ रनमा आउट हुँदा ८.२ ओभरमा योगफल ४५।५ पुग्यो। त्यसपछि रोबिन क्षेत्री पनि १ चौका र १ छक्का प्रहार गर्दै १२ रन बनाएर आउट हुँदा योगफल ५५ ।६ पुग्यो। लगत्तै सुमित महर्जन पनि ४ रन बनाएर आउट हुँदा योगफल ५६।७ पुग्यो।

त्यसपछि ब्याटिंग गर्न आएका हरि चौहान र करन केसीले आठौँ विकेटको लागि २३ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याउने प्रयास गरे। करन बिपिन खत्रीको बलमा १५ रनमा आउट हुँदा योगफल १७.४ ओभरमा ७९ । ८ पुग्यो।

जितको लागि ५ रन आवस्यक थियो र २ विकेट बाँकी। त्यो अवस्थामा ब्याटिंग गर्न आएका बसन्त रेग्मी १ रन बनाएर पल कग्लिन विकेटकिपर शुबेन्दु पाण्डेको हातबाट समातिन पुगे। ८१ रनको योगफलमा ९ विकेट गुमेपछि अन्तिम ओभरमा बिराटनगरलाई जित्न २ रन आवस्यक थियो।

अन्तिम ओभरमा हरि चौहानले बिक्रम सोबको पहिलो बलमा १ रन लिए र स्कोर बराबर बनाए। दोश्रो बलमा भान मिकिरनले रन बनाउन सकेनन्। तेश्रो बलमा बिक्रम सोबले मिकिरनलाई किशोर महतोको हातबाट क्याच आउट गराउदा बिराटनगरको इनिंग ८४ रनमा समाप्त भएको थियो र खेल सुपर ओभरमा पुगेको थियो।

पोखराको बलिङ्गमा बिपिन खत्रीले सर्वाधिक ३ विकेट लिए भने सुशन भारि २ बिक्रम सोब २ र पल कग्लिन २ विकेट लिए। शक्ति गौचनले १ विकेट लिन ४ ओभरमा १८ रन खर्चिए।

पोखराको ब्याटिंग दयनीय

 

खेलमा टस जितेर विराटनगरले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको पोखराले कमजोर ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ८४ रन मात्रै बनाउन सकेको थियो।

पोखराले सुरुआत अत्यन्त खराब रह्यो। अघिल्लो २ खेलमा ७९ र ८४ रनको विस्फोटक इनिंग खेलेका रिचर्ड लेभी ३ रन बनाएर आउट हुन पुगे पछि पोखरा धेरै प्रेसरमा पर्यो। कप्तान कायल कोट्जर ४, शुबेन्दु पाण्डे खाता नखोलिकन र बिनोद भण्डारी १ रनमा आउट हुँदा ३।५ ओभरमा नै पोखरा ४ विकेटको क्षतिमा १९ रनको दयनीय स्थितिमा पुग्यो।

लेभीलाई देब्रे हाते स्पिनर भान डर मर्वेले विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए भने कोट्जर पनि ठूलो सट खेल्ने चक्करमा मर्वेकै बलमा क्याच आउट भए। पल भान मिकिरनको बाउन्सरलाई हुक गर्ने चक्करमाल धमलाको स्थानमा पहिलो खेल खेलीरहेका शुबेन्दु पाण्डे विकेटकिपरको हातमा क्याच दिन पुगे। विकेट पछि शुबेन्दुले अम्पायरलाई आउट नभएको बताएका थिए र टिभी रिप्लेमा पनि ब्याट र ग्लब्समा लागेको देखिएको थिएन।

४ विकेट गुमेपछि राजेश कग्लिनले पाँचौ विकेटको लागि ३० रनको साझेदारी गरे। तर क्रिजमा निरन्तर संघर्ष गरेका कग्लिन २० रन बनाएर मिकिरनको बलमा क्याच समातिन पुगे। पुलामी पनि १७ रन बनाएर समित पटेलको सिकार भए।

त्यसपछि सुशन भारि ८ , बिक्रम सोब ५ र शक्ति गौचन ३ ले पनि खास योगदान दिन सकेनन फलस्वरूप राइनोजले २० ओभरमा ७ विकेट गुमाएर ८४ रनमा खुम्चिन बाध्य भयो ।

१८ ओभरमा ८० रनको योगफलबाट अन्तिमको २ ओभरमा राइनोजले ४ रन मात्रै जोड्न सक्यो। शक्ति गौचनले ३ रन बनाउन ११ बल खेले। बसन्त रेग्मीले गरेको १९ औं ओभरमा गौचनले ५ डट बल खेल्दा १ रन मात्रै बनाउन सके। यस्तै करन केसीले गरेको इनिंगक ओअन्तिम ओभरमा ३ रन मात्रै बन्यो।

बिराटनगरको बलिङ्गमा पल भान मिकिरनले ४ ओभरमा सर्वाधिक ३ विकेट लिए भने भान डर मर्वेले ४ ओभरमा २ तथा बसन्त रेग्मी ४ ओभरमा १ र समित पटेल ४ ओभरमा १ विकेट लिए। किफायती बलिङ्ग गरेका करन केसीले ४ ओभरमा १४ रन मात्रै खर्चिए।

प्रतियोगिता अन्तर्गत पोखराले पहिलो खेलमा भैरहवासंग ४ विकेटले तथा ललितपुरसंग ८ विकेटले पराजित हुन पुगेको थियो। बिराटनगरले भने पहिलो खेलमा ललितपुर प्याट्रीएट्सलाई ३ विकेटले पराजित गरेको थियो।

Share Now

Leave a comment.