Prakash Adhikari December 24, 2018

खाँडा(कालिकोट), ९ पुस । पलाता गाँउपालिका १ खाँडामा आगलागी हुँदा ८० घर जलेर ध्वस्त भएका छन्।

आइतबार राति करिब २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आइनसकेको वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मानबहादुर भण्डारीले बताए।

आगो निभाउने क्रममा घाइते भएका १३ जनाको आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरी उपचार भइरहेको छ ।

सदमुकामबाट करिब सात घण्टाको पैदलपछि पुगिने खाँडामा भर्खरै मात्र प्रहरी पुगेको छ । पचाल झरना गाउँपालिकामा रहेको प्रहरी चौकीका प्रमुख पुष्प कडायतको नेतृत्वमा १६ जना प्रहरीको टोली घटनास्थलमा पुगेको हो ।

आगलागीमा परेर गाईगोरु, भैसीँ,बाख्रा र कुखुराहरु पनि जलेको बताइएको छ ।

अग्नि पीडितको राहतका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने वडाध्यक्ष भण्डारीले बताए। उनका अनुसार खाँडामा १६९ घर छन्। सबै घरका छाना खरका छन् ।

अधिकांश युवा रोजगारीका लागि भारत गएका कारण गाउँमा आगो नियन्त्रणका लागि खटिने जनशक्तिको अभाव देखिएको थियो ।

Share Now

Leave a comment.