Prakash Adhikari February 27, 2019

बैंकक(थाईल्याण्ड), १५ फागुन । थाईल्याण्डको बैंककमा जारी आइसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्रीय छनोट क्रिकेट प्रतिगयोगितामा नेपाली महिला टीम आज प्रतियोगिताको अन्तिम खेल कुवेतसंग खेल्दैछ ।

प्रतियोगिता अन्तरगत आजै हंगकंग र मलेशिया तथा आयोजक राष्ट थाइल्याण्ड र यूनाइटेड अरब इमिरेट्सका बीचमा पनि प्रतिस्पर्धा हुँदैछ ।

ICC Women’s T20 World Cup Asia Region Qualifier

TEAM M W L PT NRR
THI-W 5 5 0 10 3.449
UAE-W 5 4 1 8 1.843
NEP-W 5 4 1 8 0.345
CHN-W 6 3 3 6 0.337
HKG-W 5 1 4 2 -0.653
MAL-W 5 1 4 2 -1.879
KUW-W 5 0 5 0 -3.753

हालसम्म समान ५ । ५ खेल खेलेका थाइल्याण्ड, यूएई र नेपालले क्रमश १० र ८ / ८ अंक पाएका छन् । मलेशिया र हंगकंगले ५ / ५ खेलमा एक एक खेल जितेर २ / २ अंक बटुलेका छन् । उनीहरुको जित र हारले प्रतियोगिताको अन्तिम चरणमा खास असर गर्दैन ।

नेपाली महिला टीमलाई शीर्षमा रहेर आईसीसी टि-२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० (एकदिवसीय) छनौट प्रतियोगिता खेल्न छनौट हुनका लागि आज प्रतिस्पर्धी टीम कुवेतलाई विशाल अन्तरले पराजित गर्नुको विकल्प छैन ।

आफ्नो हातमा रहेको यो विकल्पमा मजबूत रहेर पनि नेपाली महिला टिमको विश्वकपमा सहभागी हुने सपना साकार पार्न आयोजक थाइल्याण्ड र संयुक्त अरब इमिरेस्को खेलको नतिजा नेपाललाई अनुकूल हुनेगरि आउन जरुरी हुन्छ ।

आज हुने अर्को खेलमा यूएईले आयोजक थाइल्याण्डलाई पराजित गरेमा मात्र नेपाल रनरेटका आधारमा शीर्षस्थानमा उक्लिन सक्छ ।

क्रिकेटलाई संभावना र भाग्यको खेल पनि भनिन्छ, यसमा टस जितेर खेलको बलिड. /ब्याटिड. रोज्ने लगायत धेरै फ्याक्टरले काम गर्दछन् ।

तर नेपाली चेलीहरुका लागि अन्तिम खेल विशाल अन्तरले कुवेतलाई हराउनुको विकल्प छैन । भाग्यले पनि मेहनत गर्नेलाई नै साथ दिन्छ । भाग्यको साथ नेपाली चेलीले नपाउने भन्ने छैन् ।

भगवान पशुपतिनाथ रहेको देशका चेलीको चाहना र पुकार खेर जाने कल्पना पनि गर्न सकिन्न ।

यूएई र थाइल्याण्डको खेलको नतिजा पनि नेपालकालागि अनुकूल हुनेगरि आउनेमा आशावादी हुने प्रशस्त गुञ्जाइस छ ।

 

Share Now

Leave a comment.