Prakash Adhikari April 8, 2019

काठमाडौं, २५ चैत्र । सिटिजन्स बैंक इन्टरनेसनलले नायब प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटालाई नियुक्त गरेको छ ।

हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत देवकोटालाई बैंकको सञ्चालक समितिको २९७औं बैठकले सो जिम्मेवारी दिएको हो ।

उहाँले २०७६ साल वैशाख १ गतेबाट नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

बैंको स्थापनाकालदेखिनै विभिन्न पदमा रही सेवा गर्नुभएका देवकोटाले काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

सिटिजन्स बैंक पूर्व उहाँ नेपाल बैंकमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँसंग बैंकिङ क्षेत्रमा २३ वर्ष काम गरेको अनुभव छ ।

Share Now

Leave a comment.