क्वाललम्पुर(मलेशिया),२९ चैत्र । आगामी वर्षको जनवरी-फेब्रुवरीमा दक्षिण अफ्रीकामा आयोजना हुने अन्डर-१९ एकदिवसीय विश्वकपको ‘एसिया छनौट प्रतियोगिताको पहिलो खेलमा नेपालले शानदार जित हासिल गरेको छ ।
मलेशियाको एसटीसी क्रिक्रेट मैदानमा भएको शुक्रबारको खेलमा नेपाली यु-१९ टीमले प्रतिस्पर्धी सिंगापुरको यु-१९ टीमलाई २ सय १७ रनको ठूलो अन्तरले पराजित गरेको छ ।
टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले सबै विकेट गुमाउदै निर्धारित ५० ओभरको खेलमा ४६ औं ओभरमा अलआउट हुँदै २ सय ८२ रन जोडेको थियो ।
२ सय ८३ रनको लक्ष्य पाएको सिंगापुरले निर्धारित ५० ओभरको खेलमा ३१ ओभरमा सबै विकेट गुमाउदै ६५ रन जोड्न सक्यो ।
सिंगापुरका आई सोनीले २८ र भेनुगोपालले १८ रन बनाउनु बाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । यद्यपि संघवीले ७, विनित मेहता र छविराले २/ २ र श्रीदेव तथा देसाईले १/१ रन जोडेका थिए ।अथर्भ गुणे,सुदर्शन र बेरिले खाता खोल्न सकेनन् ।
सिंगापुरको इनिड.मा नेपालका पवन सर्राफले ३,कुशल मल्ल र सूर्य तामाड.ले २/ २ तथा रसिद खानले १ विकेट लिए । २ विकेट रन आउट भयो ।
नेपाल शानदार ब्याटिंग
मलेसियाको एसटीसी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय ८२ रनको योगफल तयार पारेको छ ।
नेपालको ब्याटिड. सुरुमा त्यति राम्रो हुन सकेन। ओपनर रित गौतम १ रन बनाएर आउट भए । तेश्रो नम्बरका आसिफ शेख ८ रन बनाउने वित्तिकै आउट भए।
मैदानमा कप्तान रोहितले ब्याट सम्हालेपछि ओपनर पवन सर्राफले उनीसंग ९० रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराए।

१९ औं ओभरमा सर्राफ अर्धशतक बनाउन ३ रनले चुक्दै आउट भए। उनले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
सर्राफको बाहिरिए ब्याटिड.मा उत्रेका सन्दीप जोरा खाता नखोली बाहिरिए। नेपालको योगफल १९.२ ओभरमा १०८/४ पुग्यो।
त्यसपछि क्याप्टेन रोहित पौडेलले भिम सार्कीसंग मिलेर योगफल अघि बढाए। १९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २६ रन बनाएका भिम २५ औं ओभरमा आउट भए।
त्यसपछि मैदानमा उत्रिए कुशल मल्ल । उनी १ चौका र १ छक्का प्रहार गर्दै ७ बलमा १० रन बनाएर बाहिरिए।

नवौं नम्बरमा ब्याटिड. गर्न आएका रशिद खानसंगको साझेदारीमा ७७ रन जोड्दै क्याप्टेन रोहित पौडेले नेपालको योगफल २ सय पार गराए। रशिद ४८ रन बनाउदै ४१ औं ओभरमा रन आउट हुन पुगे। उनले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गर्न भ्याए।
रशिदको विकेटपछि पनि रोहितले एक किनार सम्हालीरहे जसलाई आठौँ विकेटको रुपमा कमल सिंह ऐरिले राम्रो साथ दिए। दुवैले आठौँ विकेटको लागि ३७ रनको साझेदारी गरे।
शतकको नजिक पुगेका रोहित १६ औं ओभरमा आउट भए। ५ रनले पहिलो शतक बनाउन चुकेका रोहितले १ सय ५ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
रोहितको विकेटपछि ३१ रन बनाएका कमल ऐरि पनि आउट भए जसले १८ बलमा ३ छक्का र १ चौका प्रहार गरे।
नेपालले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय ८२ रनको योगफल तयार गर्यो।
बलिड.मा सिंगापुरको लागि अथर्भ गुनेले ४ तथा राहुल शर्मा र विनित मेहताले २ / २ विकेट लिए।

सिंगापुरसंगको जितसंगै नेपालले महत्वपूर्ण २ अंक बटुलेको छ। नेपालले दोश्रो खेलमा भोलि शनिवार तुलनात्मक रुपमा बलियो टिम युएईसंग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय ७: ४५ बजे बिहान सुरु हुनेछ।
नेपाल लगायत आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई गरि ६ टोली सहभागी प्रतियोगिताको विजेता टीम सन् २०२० जनवरी-फेब्रुवरीमा दक्षिण अफ्रीकामा आयोजना हुने यु- १९ विश्वकप खेल्न छनौट हुनेछ।



















