Prakash Adhikari January 9, 2018

धनगढी(कैलाली),२५ पौष । धनगढीमा भैरहेको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको मंगलबारको खेलमा अग्नी रुपन्देही–११ले ड्रुक स्टार क्लबलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

खेलमा रुपन्देहीका अमर डंगोलले २ गोल गरेका थिए भने १ गोल मनिष थापाले गरे ।

भुटानका लागि क्वेन्गा रग्बे र येशी दोर्जीले १–१ गोल गरे ।

खेलको अन्तिमतिर पेनाल्टीको अवसर पाएको डु«कले त्यसलाई सदुपयोग गर्न सकेन ।

खेलमा रुपन्देहीका लागि दुई गोल गरेका अमर डंगोल म्यान अफ द म्याच घोषित भए ।

बुधबारको क्वार्टरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र संकटा क्लबबीच हुनेछ ।

प्रतियोगितामा नेपाल र भुटानको एक टोली गरी कुल १२ टीमको सहभागीता रहेको छ ।

प्रतियोगिताको बिजेतालाई ११ लाख ११ हजार १ सय ११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ ।

यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५÷ १५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

Share Now

Leave a comment.