Prakash Adhikari January 22, 2020

 

भरतपुर(चितवन), ८ माघ । बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई बुधबार भरतपुरमा भव्यरुपमा स्वागत गरिएको छ ।

नवलपरासीको मध्यबिन्दु अस्पतालमा अवलोकन भ्रमण आउनुभएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले औपचारिकरुपमा पञ्चैबाजाका साथमा स्वागत गरेको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहले विमानस्थलमै पुगेर राजकुमारी एस्ट्रिडलाई फूलमालाले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईसहित जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

विमानस्थल बाहिर महानगरपालिकाले राजकुमारी एस्ट्रिडलाई पञ्चैबाजाका साथ स्वागत गरेको थियो । राजकुमारीको स्वागतमा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा पनि सहभागी हुनुहुन्थ्यो ।

स्वागत कार्यक्रममा राजकुमारी एस्ट्रिडलाई महानगरपालिका प्रमुख दाहालले महानगरको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले चितवनको पर्यटकीय, भौगोलिक, सांस्कृतिक महत्वका विषयमा दाहालले जानकारी दिनुभएको थियो ।

चितवनको बारेमा बेल्जियमका लागि नेपाली राजदूत थापाले पनि राजकुमारी एस्ट्रिडलाई अवगत गराउनुभएको थियो ।

राजकुमारी एस्ट्रिडसँगै उहाँका श्रीमान् राजकुमार लोरेन्जसहित ७ जनाको समूह भ्रमण टोलीमा सम्मिलित छ ।

यही माघ ५ गतेका दिन नेपाल आउनुभएकी एस्ट्रिड ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Image may contain: 5 people, suit and indoor
राजदूत थापाका अनुसार राजकुमारी एस्ट्रिडले नेपालका राष्ट्रपति, उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्यमन्त्री, पर्यटनमन्त्रीलगायतसँग भेट गर्नुभएको छ ।

नेपाल भ्रमणको क्रममा उहाँले भक्तपुरको दरबार क्षेत्रका साथै काठमाडौंको बौद्धनाथ स्तूप र विभिन्न दर्शनीय र पर्यटकीय स्थलहरुको अवलोकन गर्नुभएको छ ।

No photo description available.

Image may contain: 10 people, people smiling
उहाँले माघ ६ गते कैलालीको गोदाबरीमा निर्मित लक्ष्मीनारायण क्षयरोग उपचार, प्रेषण तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्नुभएको थियो । राजकुमारी एस्ट्रिड क्षयरोग र लेप्रोसीको निवारणमा सक्रिय हुनुहुन्छ ।

बेल्जियमकी राजकुमारी एस्ट्रिड बुधबार नै नवलपरासीबाट फर्किएर मेघौली बस्ने कार्यक्रम रहेको छ ।

राजकुमारी एस्ट्रिड दुई दिनसम्म चितवन राष्ट्रिय निकुञ्जमा निजी घुमफिरमा रहने राजदूत थापाले जानकारी दिनुभएको छ ।

 

Image may contain: 3 people, including Ang Tshering Sherpa, people sitting, table and indoor

Share Now

Leave a comment.