Prakash Adhikari March 28, 2020

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), १५ चैत्र । आईएमएफ़ प्रमुख क्रिस्टलिना गोर्गिवाले कोरोना संक्रमणको कारण विश्व आर्थिक मन्दीमा प्रवेश गरिसकेको मन्दीको अवस्था सन् २००९ कोभन्दा खराब हुने चेतावनी दिनुभएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ़) की प्रमुख क्रिस्टलिना गोर्गिवा ने शुक्रवार को एक अनलाईन प्रेस कन्फरेन्समा बताउनुभएको हो ।

आइएमएफ प्रमुख क्रिस्टलिनाले कोरोना भाइरसको महामारी नै यसको मुख्य कारण रहेको जनाउनुभएको छ ।

उहाँले विश्वको अर्थ व्यवस्था यस समयमा बडो संकटबाट गुज्रिरहेको बताउदै हाल भैरहेको नोक्सानीलाई रोक्नका लागि विकासोन्मुख मुलुकहरुलाई अधिक रकमको जरुरत हुनेछ ।

विश्वका ८० मुलुकहरुले आर्थिक संकट समाधानको लागि आइएमएफसंग मद्दत मागिसकेका छन् ।

आइएमएफ प्रमुख क्रिस्टलिनाले विश्वको आर्थिक व्यवस्था अकास्मात ठप्प भएसंगै यसलाई उत्थान गर्नका लागि २५०० अर्ब डलरको आवश्यकता पर्नेछ ।

कोरोना भाइरसको संक्रमण तथा लकडाउनको कारण कतिपय देशको अर्थव्यवस्था धर्मराईसकेको छ । बेरोजगारी बढ्न गएको छ ।

Share Now

Leave a comment.