काठमाडौं, १६ जेठ । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट अत्यन्त प्रभावित भएको क्षेत्र हो नेपालको शैक्षिक क्षेत्र । कोरोना भाइरसको संक्रमणको त्रासले सञ्चालन हुन लागेको एसईई परिक्षा लकडाउन सुरु हुनुपूर्व नै स्थगित गरियो । लकडाउन पछि त विश्वविद्यालयदेखि पूर्वप्राथमिक तहका प्ले ग्रुप कार्यक्रम सञ्चालन गर्ने सम्मका शैक्षिक संस्थाहरु बन्द भएका छन् ।
अहिले अधिकांश सामुदायिक विद्यालयहरुलाई स्थानीय तहले क्वारेन्टाइनको रुपमा प्रयोग गरेका छन् । लक डाउन खुल्यो भने पनि समूहमा अध्ययन र अध्यापन हुने हाम्रा शैक्षिक संस्थाहरु तत्काल खोल्न सकिने स्थिति छैन् । आफूभित्रका केही निराशा र शिक्षा क्षेत्रमा विश्वमा भएका अत्याधुनिक ज्ञान,सीप र प्रविधिको उपयोगको केही आशासहित बसेका शैक्षिक क्षेत्रसंग संबन्धित विद्यार्थी, शिक्षक, अभिभावक,कर्मचारी र संस्थाका सञ्चालकहरुलाई उत्प्रेरित गराउन डा. युवराज खतिवडाको तेस्रो बजेट कतिको समर्थ देखिएको छ त ? कम्युनिष्ट पार्टीको प्रचण्ड बहुमतको सरकारले तयार पारेको शिक्षा, विज्ञान प्रविधि र संस्कृति क्षेत्रका कार्यक्रमहरु जस्ताको तस्तै :
शिक्षा
- मानव पूजी निमार्ण, सामाजिक रूपान्तरण र आर्थिक विकास सहितको आधनिक समाज निमार्ण गर्न शिक्षालाई मैले उच्च प्राथमिकता दिएको छु। शैक्षिक पूवार्धारको विकास, दक्ष जनशक्ति एवम् शिक्षण सामग्रीको व्यवस्था र नवीनतम् प्रविधिको प्रयोग गरी गुणस्तरीय र जीवन उपयोगी शिक्षाको सुश्चितता
गरिनेछ। - विद्यालय जाने उमेर समूहका सबैबालबालिकालाई विद्यालय भर्ना गर्न आगामी वर्षभरि आधारभूत शिक्षामा सबैको पहँुच सुनिश्चित गरिनेछ । माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिनेछ।
- मातृभाषामा आधारभूत शिक्षा प्रदान गरिरहेका मदरसा, गरुकुल र गुम्बा लगायतका शिक्षालयलाई आधुनिक शिक्षाको मूलधारमा आबद्ध गरिनेछ। आगामी वर्ष साक्षर हुन बाँकी २४ जिल्लामा साक्षरता कार्यक्रम अभियानको रूपमा सञ्चालन गरी साक्षर नेपाल घोषणा गरिनेछ।
- माध्यमिक तहदेखि नै प्रविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिंदै सबै स्थानीय तहका न्यूनतम एक विद्यालयमा प्राविधिक धारको पठनपाठन सञ्चालन गर्न कार्यक्रम अघि बढाएको छु। यस अन्तगर्त हालसम्म ६०७ स्थानीय तहमा शरु भइसकेको यो कार्यक्रम आगामी वर्ष बाँकी सबै स्थानीय तहमा बिस्तार गरिनेछ।
- राष्ट्रपति शैक्षिक सुधार र कार्यक्रमको विस्तार गरि कक्षा कोठा निमार्ण, प्राविधिक शिक्षकको व्यवस्था, िशक्षक तालिम, स्वयंसेवक शिक्षक परिचालन, विज्ञान प्रयोगशाला, सूचना प्राविधिक ल्याब, खेल मैदान र खेल सामाग्रको व्यवस्था लगायतका शैक्षिक पूवार्धार र गणुस्तर अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ। सावर्जनिक विद्यालय सबलीकरण दशकका कार्यक्रमलाई यसै कार्यक्रमको अंगको रूपमा सञ्चालन गरिनेछ। राष्ट्रपति शैक्षिक सुधार
कायक्रममा रु. ६ अर्ब विनियोजन गरेको छु। - कोभिड-१९ को कारण पठनपाठनमा सिर्जना भएको अवरोधलाई दृष्टिगत गरी भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा तथा टेलिभिजन एवम र रेडियमार्फत नयाँ शैक्षिक वर्षको पठनपाठन अघि बढाइनेछ। संक्रमण जोखिमको कारण विद्यार्थीमा परेको मनोसामाजिक असर निवारण गर्न सकारात्मक सोच सहित सिजर्नसिलता विकासका क्रियाकलाप सञ्चालन गरिनेछ।
- आगामी आर्थिक वर्ष १ हजार ८ सय विद्यालय भवन र ३८ आंगिक क्याम्पस भवन पुनर्निर्माण २ हजार ५ सय २० कक्षा कोठा, एक(एक हजारको संख्यामा विज्ञान प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याव स्थापना गर्न रकम विनियोजन गरेको छु।
- छात्रवृत्ति कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्न आगामी वर्ष विपन्न र अपांगता भएका नागरिकका बालबालिका, शहीदका छोरा छोरी र जेहेन्दार विद्यार्थी समेत मुलुकभरका करिब २६ लाख छात्रछात्रा लाभान्वित हुने गरी छात्रवृत्ति प्रदान गर्न रु। २ अर्ब ७० करोड विनियोजन गरेको छु।
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्नसबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामदायिक विद्यालयमा शैक्षिक पूवार्धार सामग्री सहित विद्यालयको शैक्षिक गणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेको छु।
- सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाई राख्न हाल ४३ जिल्लामा लागू भएको दिवा खाजा कार्यक्रम देशभर विस्तार गर्ने गरी रु. ७ अर्ब ५२ करोड विनियोजन गरेको छु। यस कार्यक्रमबाट २८ लाख बालबालिका लाभान्वित हुनेछन।
- देशभरका सबै सामदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई सेनेटरी प्याड निःशल्कु उपलब्ध गराउन स्थानीय तहमाफर्त सशर्त अनुदानको रूपमा रु. १ अर्ब ८२ करोड वित्तीय हस्तान्तरण गर्न व्यवस्था मिलाएको छु।
- बाल विकास केन्द्रहरूको सदृढीकरणका लागि स्थानीय तहको लागत सहभागितामा कार्यक्रम सञ्चालन गर्न सशर्त अनुदानको व्यवस्था मिलाएको छु।
- आगामी वर्ष कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा ल्याई यसलाई सिकलसेल एनिमियाको अनसुन्धान केन्द्रको रूपमा समेत
विकास गर्न र बदिर्बास, बुटवल तथा सर्खेत मेडिकल कलेजक पूवार्धार विकास गर्न रु. १ अर्ब १७ करोड विनियोजन गरेको छु। - शिक्षक विद्यार्थी अनुपात धेरै भएका विद्यालय तथा गणित, अंग्रेजी र विज्ञान शिक्षक नपुपग भएका विद्यालयमा थप ६ हजार
स्वयंसेवक शिक्षक परिचालन गर्न रु. २ अर्ब २३ करोड विनियोजन गरेको छु। - निःशल्क वितरण गरिने पाठ्यपुस्तक शक्षिक वर्ष शुरु हुनु अगावै सबै विद्यालयमा पुग्ने गरि छपाई तथा वितरण गर्ने व्यवस्था मिलाएको छु। शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आधारभूत तहसम्म रंगिन पाठ्यपुस्तकसहित करिब ४६ लाख छात्रछात्रा लाभान्वित हुने गरी निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन रु.२ अर्ब ७६ करोड बिनियोजन गरेको छु।
- उच्च शिक्षालाई गुणस्तरीय तथा प्रतिस्पर्धी बनाउन विश्वविद्यालय अनुदान आयोग मार्फत बाँडफाँट हुने अनुदानलाईनतिजामा आधारित बनाइनेछ। विश्वविद्यालयलाई अध्ययन अनुसन्धान गर्ने केन्द्रको रूपमा विकास गरिनेछ। विकास निमार्णका क्षेत्रमा राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अवसरका आधारमा जनशक्तिको प्रक्षेपण गरी विषय क्षेत्रगत जनशक्ति उत्पादन गरिनेछ। विश्वविद्यालय अनुदान आयोग मार्फत अनुदान उपलब्ध गराउन रु. १७ अर्ब ४३ करोड विनियोजन गरेको छु।
- कृषि, विज्ञान तथा इञ्जिनियरिङ लगायतका विषय पठनपाठन हुने सुदूरपश्चिम र कर्णाली प्रदेशका सामुदायिक क्याम्पसहरूलाई क्रमशः त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा सञ्चालन गर्दै लगिनेछ।
- आयुर्वेदिक विषयमा उच्च शिक्षा प्रदान गर्न योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको कानूनी संरचना निमार्ण गरी सञ्चालन गनै र प्रत्येक प्रदेशमा प्राविधिक सीप परीक्षण केन्द्र तथा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि आवश्यक बजेट छुट्याएको छु।
विज्ञान तथा प्रविधि
- आधुनिक राष्ट्र र ज्ञानमा आधारित प्रतिस्पर्धी, उन्नत अर्थतन्त्र निमार्णका लागि विज्ञान तथा प्रविधिको विकास गरिनेछ। यसक्षेत्रमा विश्वस्तरको अध्ययन, अनुसन्धान हुने विशिष्टीकृत विश्वविद्यालयको रूपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूवार्धार निमार्ण गरी शैक्षिक कार्यक्रम शुरु गर्न रु. १ अर्ब २५ करोड विनियोजन गरेको छु। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सुदृढीकरण र पारमाणविक अनुसन्धान केन्द्र स्थापनाका लागि बजेट छुट्याएको छु।
- राष्ट्रियस्तरको विधि विज्ञान प्रयोगशालालाई सुदृढ गर्दै सबै प्रदेशमा एक-एक विधि विज्ञान प्रयोगशाला स्थापना गर्नै क्रममा आगामी वर्ष दुई प्रदेशमा प्रयोगशाला सञ्चालन गरिनेछ।
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कायार्न्वयन गर्न रु. १ खर्व ७१ अर्ब ७१ करोड बिनियोजन गरेको छु।
संस्कृति
- देशको भाषा, साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय सम्पत्तिको रूपमा जगेर्ना गरिनेछ। सांस्कृतिक विविधताको सम्मान गदैै भाषा र संस्कृतिको अध्ययन, अनसुन्धान र विकास गरिनेछ। जीवन्त इतिहासको रूपमा रहेको पुरातात्विक महत्वका ऐतिहासिक धरोहरको संरक्षण, सम्वर्धन र विकास गरिनेछ।
- काठमाडौ उपत्यकाको मौलिक संस्कृति तथा सम्पदाको जगेर्ना गर्दै पयर्टन प्रबर्धन गर्न भक्तपुरबाट थालनी गरिएको रात्रिकालीन सम्पदा यात्रा कार्यक्रमलाई उपत्यकाका अन्य शहरमा विस्तार गरिनेछ।
- राष्ट्रिय संस्कृति संग्रहालय कीर्तिपुरको निमार्ण कार्य अगाडि बढाइनेछ। उपयुक्त स्थानमा राष्ट्रियस्तरको वृहत् शहीद पार्क निमार्ण कार्य शुरु गरिनेछ। विश्व सम्पदा सूचीमा परेका सम्पदाको संरक्षण र सम्वधर्न गरिनेछ। वृहत् र लुम्बिनी क्षेत्रको गुरुयोजना तथा रामग्राम गुरुयोजना कायार्न्वयनमा ल्याइनेछ तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गनै प्रकृया अगाडि बढाइनेछ। लुम्बिनीमा निमार्णाधीन ५ हजार क्षमताको ध्यान केन्द्र तथा सभा हलको निमार्ण सम्पन्न गरिनेछ।
- जानकी मन्दिर क्षेत्र र मिथिला संस्कृतिको संरक्षण र विकासको लागि गरुयोजना तर्जुमा गरी कायार्न्वयन गरिनेछ। देवघाट, पाथिभरा, रुरु, विराट क्षेत्र, बराह क्षेत्र, खप्तड क्षेत्र, काँक्रे विहार, हलेसी, गौरीशंकर लगायतका धार्मिक क्षेत्रको विकासका लागि आवश्यक रकम व्यवस्था गरेको छु। रामायण परिपथ निमार्णको कार्य शुरु गर्न तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र जगेनार्का लागि राष्ट्रिय अभिलेख पुस्तिका तयार गर्न बजेट व्यवस्था गरेको छु।
- साहित्य, कला तथा संगीत क्षेत्रको उत्थान तथा विकासका साथै सबै समुदायको परम्परागत सीप र सांस्कृतिक मूल्य मान्यताको संरक्षण र सम्वधर्न गर्न कार्यक्रम सञ्चालनका लागि तथा नेपालप्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रतिष्ठानका लागि आवश्यक बजेट व्यवस्था गरेको छु।


















