Prakash Adhikari August 10, 2020

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमार्फत पार्टीको नेतृत्व लिन वैचारिक अभियान थाल्नुभएको छ ।

सोमबार सामाजिक सञ्जालमा “नेपाली कांग्रेसको पुनर्जागरण : मेरो दृष्टिकोण “नामक संक्षिप्त खाका सार्वजनिक  गर्दै वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई चुनौति दिनुभएको छ ।

वरिष्ठ नेता पौडेलले आफ्नो दृष्टिकोणको खाकामा पार्टीमा नवजीवन, लोकतान्त्रिक समाजवाद,समुन्नतिका आधार,हाम्रो बसोबास,व्यवस्थाको प्रश्न,सामाजिक धार्मिक सद्भाव र हाम्रो परराष्ट्र सम्बन्ध विषयलाई समेटनुभएको छ । उहाँले यी विषयलाई कसरी ब्याख्या गरिनेछ भन्ने पनि सूत्रबद्ध रुपमा उल्लेख गर्नुभएको छ ।

Image

Share Now

Leave a comment.