Prakash Adhikari August 18, 2020

 

काठमाडौँ २ भाद्र । काठमाडौँ उपत्यकामा बुधबार रातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ।

बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुनेछ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।

कोरोना जोखिम बढेसँगै मन्त्रिपरिषद्को सोमबारको बैठकले निषेधाज्ञा लगायतका आवश्यक कामकाजको अधिकार स्थानीय प्रशासनलाई दिएको थियो।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारीसाधन समेत चलाउने नदिने निर्णय गरेका छन्।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहेकका अन्य व्यापार व्यवसाय पनि बन्‍द हुनेछन्।

Share Now

Leave a comment.