Prakash Adhikari August 19, 2020

 

काठमाडौं, ३ भाद्र । सूर्य चुनाव चिन्ह रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रको विवाद साम्य भएकै बेला निर्वाचन आयोगले नेकपा एमाले पार्टी दर्ता गरेको छ , त्यो पनि उदाउदो सूर्यको चुनाव चिन्ह दिएर ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चलिरहेका बेला गत असारमा नेकपा ९एमाले० दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको थियो ।

पार्टीभित्र मतभेद बढ्दै गएको र प्रधानमन्त्री ओलीका विरुद्धमा अधिकांश स्थायी समितिका सदस्यहरुले उहाँको कार्यशैलीको विरोध गरेको बेलामा दिइएको सो निवेदनलाई ओली विराधी समूहले पार्टी फुटाउने तयारीको रुपमा व्याख्या पनि गरेको थियो ।

नयाँ पार्टीको रुपमा दर्ता भएको नेकपा एमालेले उदाउँदै गरेको सूर्य चुनाव चिन्ह पाएको छ ।

सत्तारुढ नेकपाको चुनाव चिन्ह पनि भर्भराउदो सूर्य रहेको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो ।

२०७४ सालको तीन तहको निर्वाचनपछि एकीकरण भएर बनेको सत्तारुढ नेकपाको चुनाव चिन्ह एमालेको चुनाव चिन्ह रहेको छ ।

नेकपा विवाद साम्य भएको सन्देश गएको बेला नेकपा एमाले दर्ता हुनु र निर्वाचन चिन्ह पनि पुरानो एमालेका लिगेसी बोक्ने गरी दिनुलाई निकै गम्भीर रुपमा लिइएको छ ।

Share Now

Leave a comment.