Prakash Adhikari September 14, 2020

काठमाडौं, २९ भाद्र । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५५ हजारमाथि पुगेको छ भने मृतकको संख्या ३ सय ६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमवार अपराह्णसम्म २४ घण्टामा गरिएको परीक्षणमा १ हजार १ सय ७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा १५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। यो एकै दिन पुष्टि गरिएको मृतकको सर्वोच्च सङ्ख्या हो।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५५ हजार नाघेको छ।

अहिलेसम्म ३ सय ६० जनाको कोरोना भाइरसको घातक संक्रमणसहितको कारणले मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये ८ सय ७९ जना कोरोना संक्रमण मुक्त भएको प्रमाणित भएका छन्।

कोरोनाभाइरस नेपाल
अहिले देशभरि १५ हजार ३ सय ९३ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ७ हजार २ सय ७५ जना घरमै र अरू संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै छ।

को हुन् सङ्क्रमित ?

अहिले फेला परेका सङ्क्रमितमध्ये ३ सय ९९ महिला र ७ सय ७१ जना पुरुष छन्।

काठमाडौं जिल्लामा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ गरी उपत्यकामा ५ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यसैगरी मोरङमा ३२, सुनसरीम ४६, सिराहामा ३४, चितवनमा ३१, कास्कीमा ५४, दाङमा ४५, रूपन्देहीमा ८१, सुर्खेतमा ३९ र कैलालीमा ७० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

सङ्क्रमितमध्ये गम्भीर समस्या देखिएका १सय ७९ जनालाई अहिले सघन उपचार र २९ जनालाई भेन्टिलेटरसहितको विशेष उपचार आवश्यक परेको छ।

वाग्मती प्रदेशमा आईसीयू र भेन्टिलेटरमा भएका सङ्क्रमितहरूको सङ्ख्या सर्वाधिक छ।

यसरी बढिरहेको छ सङ्क्रमण. दिउँसो ४ बजे सम्मको तथ्याङ्क.  .
को हुन् मृतक ?

मृतकहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेर समूहका छन्।

मृतकमध्ये पाँच महिला र १० पुरुष छन्। मन्त्रालयका अनुसार एक महिलासहित ८ जनाको काठमाडौं उपत्यकामा मृत्यु भएको हो।

मृतकहरू २३ देखि ८५ वर्ष सम्मका छन्।

के छ अरू तथ्याङ्क ?

विगत २४ घण्टामा १०,वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको प्रा. डा. गौतमले बताउनुभयो।

सो अवधिमा ८ सय ७९ जना सङ्क्रमित रोगमुक्त प्रमाणित भए।

अहिलेसम्म झन्डै ७१.५ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएको सरकारी तथ्याङ्क छ।

आइतवार १ हजार ३९ जना कोरोना संक्रमण पुष्टि भएको थियो। तीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका थिए।

गत भदौ २५ गते मन्त्रालयले १ हजार ४ सय ५४ जनामा सङ्क्रमण भएको पुष्टि गरेको थियो। त्यो नै अहिलेसम्म एकै दिनमा पुष्टि भएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो। (बीबीसीबाट)

Share Now

Leave a comment.