Prakash Adhikari September 15, 2020

 

काठमाडौं, ३० भाद्र । आइतबार साँझ कञ्चनपुरमा दुर्घटनामा परेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको उपचारको लागि आर्थिक सहयोग जुटाउन नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले अभियान चलाएको छ।

मिनीट्रकले ठक्कर दिएपछि घाइते भ्एका भण्डारीलाई उपचारको लागि सोमबार बेलुका कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टरमा ग्रान्डी अस्पताल ल्याइएको छ। हाल खतरामुक्त रहेका भण्डारीको दायाँ खुट्टा र हात भाँचिएको छ । दुवै अंगको शल्यक्रिया गर्नुपर्नेछ।

https://twitter.com/Nepal_Cricket/status/1305752905568247809

क्रिकेट खेलाडी संघ, नेपालले खेलाडीहरुको हकहितको लागि समर्पित संघ खेलाडीको उपचारका लागि आवश्यक सहयोग जुटाउन प्रतिबद्ध रहेको जनाएको छ।

सीप्यानले एक विज्ञप्ति जारी गर्दै नेपालको क्रिकेटको भविष्य उज्जवल देख्न चाहने र क्रिकेटरहरुको व्यक्तिगत जीवन तथा खेल जीवनप्रति माया गर्नेहरुलाई खुला हृदयले सहयोग गर्न समस्त शुभेच्छुकहरुलाई आग्रह गरेको छ ।

भण्डारीलाई सहयोग गर्न सीप्यानले आफ्नो बैंक खाता दिएको छ । क्रिकेटर भण्डारीलाई सघाउन इच्छुक संघ,संस्था र व्यक्तिहरुलाई क्रिकेट प्लेयर्स एसोसिएसन नेपालको सेन्चुरी कमर्सियल बैंक, काठमाडौँ ,पुतलीसडक शाखामा रहेको खाता नम्बर : ०० १००० २५२९ सीए(00 1000 2529 CA)मा रकम जम्मा गर्न सीप्यानले अनुरोध गरेको छ । सो खातामा जम्मा भएको रकम क्रिकेट भण्डारीलाई हस्तान्तरण गरिने पनि सीप्यानले जनाएको छ ।विज्ञप्तिमा सिप्यानका अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले हस्ताक्षर गरेका छन्।

Share Now

Leave a comment.