मानभवन(ललितपुर) , २ फागुन ।नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताका लागि गठित एकता संयोजन समितिको बुधबार बसेको बैठकले पार्टी एकताका मुख्य विषय टुंगो लगाउन बिहिबार पनि बठक जारी राख्ने निर्णय गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको उपस्थितिमा संयोजन समितिका सबै सदस्यहरु सहभागी बैठकले नेतृत्व, संगठन, राजनीतिक कार्यदिशा, लगायतका सबै विषयमा छलफल गरेको थियो ।
बिहिबार बस्ने बैठकले बुधबार भएको छलफलका आधारमा पार्टी एकता प्रक्रियालाई औपचारिकरुपमा टुंग्याउन बिभिन्न कार्यदल गठन गर्ने विषयमा छलफल गर्ने छ ।
एकता संयोजन समितिको बैठक अघि दुबै पार्टीले आन्तरिक छलफल गरेका थिए ।
त्यसअघि दुबै पार्टीका अध्यक्षबीच एकता प्रक्रियाका बारेमा छलफल भएको थियो ।