काठमाडौं, १४ आषाढ । कोभिड–१९ को महामारीविरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन क्यानडा सरकारले प्रदान गरेका स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौँस्थित क्यानडाका अवैतनिक वाणिज्यदूत डा बुद्ध बस्न्यातले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अपराह्न भएको सङ्क्षिप्त कार्यक्रममा २७ थान भेन्टिलेटर, १५ हजार ४८ थान मुखावरण, एक हजार ८९० वटा प्रयोगपछि परित्याग गर्नुपर्ने पोशाकलगायत सामग्री हस्तान्तरण भएको उक्त मन्त्रालयले आज जनाएको छ ।
In support of Nepal's fight against #COVID19 Canada handed over critical medical equipment. We thank #Canada for the support. https://t.co/mGRTOMnbBu@Canada @CanadainNepal @mohpnep @PaudyalBR @sewa_lamsal pic.twitter.com/QtdijIBdGZ
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) June 28, 2021
कोभिड–१९को दोस्रो लहरको महामारीका बेला त्यसको नियन्त्रण, उपचार र रोकथामका लागि उदारतापूर्वक नेपाललाई समयमै सहायता सामग्री प्रदान गरेकामा मन्त्रालयले सरकारका तर्फबाट कृतज्ञता व्यक्त गरेको छ ।
We sincerely thank the Government of Canada for this solidarity and support. @karinagould 🙏#Nepal 🇳🇵❤ 🇨🇦 #Canada @MofaNepal https://t.co/lf1C5f84cv
— प्रज्ज्वल फुयाल (@PrazwolPhuyal1) June 25, 2021


















