काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी (जसपा) मा उपेन्द्र यादव पक्षको बहुमत पुगेको छ ।
आज बसेको पार्टीको संसदीय दलको बैठकमा पार्टीका ३२ जना सांसदमध्ये १९ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षमा निर्णय गरेका छन् ।
पार्टीका सांसद प्रदीप यादवका अनुसार दलका ज्येष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षता आज आइतबार दिउँसो बसेको पार्टी संसदीय दलको बैठकले देउवलालाई मत दिने निर्णय गरेको हो
उहाँका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सांसदहरु महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रेणुकुमारी यादव, मृगेन्द्रकुमार सिंह, अमृता अग्रहरि, रामसहाय यादव, मोहम्मद इश्तियाक राई, प्रदीप यादव, रामबाबु यादव, प्रमिला यादव , सुरेन्द्र यादव, सूर्यनारायण यादव, सत्यनारायण यादव, लिलादेवी सिटौला, नरमाया ढकाल, रानी मण्डल, रेणुका गुरुङ र प्रमोद साहले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारलाई विश्वासको मत दिने पक्षमा निर्णय गर्नुभएको हो ।


















