Prakash Adhikari October 31, 2021

आबुधाबी(संयुक्त अरब इमिरेट्स), १४ कार्तिक । टी २० क्रिकट विश्वकप अन्तर गत आइतबार भएको सुपर १२ को खेल अन्तरगत अफगानिस्तानले नामिबियालाई ६२ रनको विशाल अन्तरले पराजित गरेको छ ।

अफगानिस्तानले सुपर(१२ चरण अन्तर्गत समुह ‘२’ को दोश्रो स्थानमा यथावत रहेको छ। तीन खेल खेल्दा अफगानिस्तानले २ जित र १ हार बेहोर्दै ४ अंक बटुलेको छ।

शेख जायद स्टेडियम अबुधाबीमा अफगानिस्तानले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नामिबियाले पुरै ओभर ब्याटिंग गर्दा ९ विर्केटको क्षतिमा ९८ रन मात्र बनाउन सक्यो।

नामिबियाको ब्याटिंगमा डेभिड विजेले सर्वाधिक २६ रन, लफी इटनले १४, जेरार्ड इरास्मसले १२, रुबेन ट्रंपलम्यानले अविजित १२ तथा माइकल भान लिंगेनले ११ रन जोडेका थिए।

 

अफगानिस्तानको बलिंगमा हमिद हसन र नभिन उल हकले समान ३ । ३ विकेट लिए भने गुल्बदिन नैबले दुई तथा राशिद खानले एक विकेट लिए। हसनले अनफिट मुजिब उर् रहमानको स्थानमा मौका पाएका थिए।

सन् २०१६ पछि हसनले पहिलो पटक देशको लागि टि(२० अन्तर्राष्ट्रिय खेलेका हुन्।

यस अघि टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट क्षेतीमा १ सय ६० रन बनाएको थियो। अफगानिस्तानको ब्याटिंगमा ओपनर मोहम्मद शाहजादले सर्वाधिक ४५ रन बनाए । अर्का ओपनर हज्रतुल्लाह जजाईले ३३, अस्घर अफ्घानले ३१ तथा कप्तान मोहम्मद नाबीले अविजित ३२ रन बनाए।

अफगानिस्तानलाई रोक्ने क्रममा नामिबियाका बलर रुबेन ट्रंपलम्यान र लफी इटनले समान दुई । दुुइ तथा जेजे स्मितले १ विकेट लिएका थिए ।

Share Now

Leave a comment.