Prakash Adhikari December 27, 2022

काठमाडौं, १२ पौष । मंगलबार पनि नेपालको शेयर बजार उकालो लागेको छ ।यस दिन नेपाल धितोपत्र बजार परिसूचक ५९.८७ अंक बढेर १९८३.९५ विन्दुमा पुगेको छ।

यो भदौ १४ गते यताकै उच्च विन्दु हो। भदौ १४ गते नेप्से परिसूचक १९९५.३४ विन्दुमा रहेको थियो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंक बढेको छ।

यस दिन २ सय ६१ कम्पनीको १ करोड २० लाख २९ हजार कित्ता शेयर खरिदबिक्रीबाट ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिनको कारोबार रकम गत साउन १८ गते यताकै उच्च हो। सो दिन नेप्सेमा ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।

 

यस दिन नेपाल धितोपत्र बोर्डमा सूचीकृत भई वगीकरणमा परेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक ६.४३ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

Symbol Current Chng Chng %
1,354.75 35.07 2.66
3,515.81 100.39 2.94
1,623.76 67.73 4.35
2,860.45 117.01 4.26
2,134.65 95.35 4.68
60.96 3.68 6.43
9,690.92 372.21 3.99
5,108.68 72.37 1.44
4,419.10 55.56 1.27
13.51 0.10 0.71
7,936.42 283.42 3.70
1,517.24 37.01 2.50
1,918.15 53.32 2.86

यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स,सिर्जनशील लघुवित्त र कालिका पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस बाहेक तेह्रथुम पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी र जानकी फाइनान्सको शेयरमूल्य ८.७६ प्रतिशतभन्दा बढी बढेको छ।

Share Now

Leave a comment.