Prakash Adhikari February 11, 2023

 

काठमाडौं, २८ माघ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभिने सहमति भएको छ ।

शुक्रबार दुवै पक्षबाट प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

शुक्रबार नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्षहरुको समुपस्थितिमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षहरू लगायत संचालकहरू र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा सम्झौता भएको हो ।

उक्त सम्झौतामा आईएमई कम्पनीका संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गर्नुभएको थियो  ।

दुवै निर्जीवन बीमा कम्पनी समान हैसियतामा गाभिन लागेका हुन् ।

दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एंव डीडीए रिर्पोटका आधारमा आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी सेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता गरीएको छ ।

हाल आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब ८० करोड र प्रुडेन्सियलको १ अर्ब १८ करोड रहेको छ । गाभिए पश्चात बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ९८ करोड पुग्नेछ ।

Share Now

Leave a comment.