Prakash Adhikari February 13, 2023

 

काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले यथास्थितिमा तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले यथास्थितिमै सरकारमा नजाने निर्णय गरेको हो ।

रास्वपाका प्रवक्ता मुकुल ढकालले दिनुभएको जानकारी अनुसार अनुसार पूर्वसहमतिअनुसार गृहमन्त्री पाएको अवस्थामा मात्रै सरकारमा जाने निर्णय बैठकले गरेको छ ।

बैठकले चितनव–२ मा घोषणा भएको उपनिर्वाचनको स्वागत गर्दै चुनावमा जान तयार रहेको निर्णय गरेको छ । आजको बैठकले चितवन–२ को उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने नगरेकोे बताइएको छ ।

औपचारिक निर्णय नभएपनि चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछाने नै उम्मेदवार बन्नेमा विवाद नरहेको बताइएको छ ।

रास्वपाले सरकारलाई दिएको समर्थन कायम राखेर माघ २२ गते आफ्नो मन्त्री फिर्ता बोलाएको थियो ।

रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चले उहाँको नागरिकता अवैधानिक रहेको ठहर गरेपछि उहाँ सांसद र गृहमन्त्रीबाट एकैसाथ पदमुक्त हुनुभएको थियो ।

रास्वपाले चितवन–२ मा चाँडो निर्वाचन गर्नेगरि मिति घोषणा गर्न सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माग गरेको थियो ।

संयन्त्रले रास्वपालाई सरकारमा आउन पनि आग्रह गरेको थियो ।

Share Now

Leave a comment.