Prakash Adhikari February 24, 2023

निरञ्जन राजवंशी

काठमाडौं, १२ फागुन(बीबीसी)।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको अहिले मुक्तकण्ठले प्रशंसा भइरहेको छ।

आईसीसी विश्वकप लीग-२ क्रिकेटमा नेपालले गरेको प्रदर्शनमा खासगरी उत्कृष्ट ब्याटिङका कारण दर्शकहरू मन्त्रमुग्ध भए।

लीग-२ खेल्नु अगाडिसम्म नेपाल टी-२० प्रतियोगिताका कारण उत्पन्न विवाद, म्याच फिक्सिङ र स्पट फिक्सिङका कारण खेलाडीहरूमा देखिएको तनाव, टी-२० मा खराब प्रदर्शन तथा नेपाल क्रिकेट सङ्घभित्रको विवादका कारण खेलाडीहरू मानसिक दबावमा थिए।

यस्तो बेला एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटको मान्यता जोगाउने चुनौती थियो।

घरेलु मैदानमा नेपालसँग त्रिकोणात्मक शृङ्खला खेल्न लीग-२ को शीर्ष स्थानमा रहेको स्कटल्यान्ड र तेस्रो स्थानमा रहेको नामिबिया आएका थिए।

सायद एक वा बढी मानिसहरू, उभिएका मानिसहरू, घरबाहिर र भिड को फोटो हुनसक्छ
त्यसैले नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने वा शृङ्खलाका सबै खेल जित्ने अपेक्षा कसैले पनि गरेका थिएनन्।

तर चार वटै खेलमा शत प्रतिशत जित निकाल्दै नेपाली खेलाडीहरूले लामो समयपछि ऐतिहासिक प्रदर्शन गरे।

त्यसले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने अभियानमा ठूलो उपलब्धि मात्र भएको छैन, विभक्त हुने लागेको नेपाली क्रिकेट एकबद्ध पनि भएको सन्देश प्रवाह भएको देखिएको छ।

यसमा सबैभन्दा बढी राहत नेपाल क्रिकेट सङ्घले पाएको छ। नतिजाले क्रिकेट विवादलाई छायामा पारेको छ र ‘अक्षमता’ को ट्याग लागिरहेको सङ्घका पदाधिकारीहरूलाई पनि शीतलता प्रदान गरेको देखिन्छ।

कीर्तिपुर क्रिकेट मैदानमा दर्शकको घुइँचो

सायद 1 व्यक्ति, उभिएको, बसिरहेको, मोटरसाइकल, भिड र घरबाहिर को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू, घरबाहिर र 'CAN' भन्ने पाठ को फोटो हुनसक्छ
कीर्तिपुर क्रिकेट मैदानमा नेपालको खेल हेर्न हजारौँ दर्शकहरू गएका थिए

ब्याटिङमा पलाएको अद्भुत आत्मविश्वास
लीग-२ को पहिलो खेलमा नेपाली टोली नामिबियाद्वारा प्रस्तुत २८६ रनको लक्ष्य पच्छ्याउन सफल भयो।

एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो लक्ष्य पार गरेको हो।

कुशल भुर्तेलको ११५ रनको मद्दतमा हात पारेको विजयले नेपाली टोलीमा बाँकी खेलका लागि ठूलो आत्मविश्वास जगाइदियो।

यसअघि नामिबिया भ्रमणमा लीग-२ को एउटै खेल जित्न नसक्दा खेलाडीहरूको आत्मबल खस्किएको थियो।

त्यहाँको परिणामले नेपाल ओडीआई मान्यता गुमाउने सँघारमा पुग्छ कि भन्न डर पनि उत्पन्न भएको थियो। त्यसपछि हरेक खेलमा खेलाडीहरूले लयपूर्ण प्रदर्शन गरेको देखियो।

घरेलु मैदानमा भएका चार खेलमा पाँच ब्याटरहरू फरकफरक खेलमा चम्किए।

पहिलो खेलमा भुर्तेलसँगै कप्तान रोहित पौडेलले ७२ रनको योगदान दिएका थिए।

दोस्रो खेलमा स्कटल्यान्डलाई पराजित गर्न कुशल मल्ल (८१ रन) र दीपेन्द्र सिंह ऐरी (८५ रन) को भूमिका महत्त्वपूर्ण रह्यो।

त्यस्तै ज्ञानेन्द्र मल्ल र आशिफ शेखले नामिबियाविरुद्ध तेस्रो खेलमा १३९ रनको साझेदारी गर्दै नेपालको उच्च साझेदारीको कीर्तिमान नै राखे।

उक्त खेलमा आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५ र कुशल मल्लले ६२ रन बनाए।

अन्तिम खेलमा नेपालले हारबाट जोगाउँदै टोलीलाई दिलाएको जित झन् स्वादिलो थियो।

त्यसमा कप्तान रोहित पौडेलको अविजित ९५ रन र उनलाई नवौँ विकेटमा करण केसीले दिएको दरिलो साथ महत्त्वपूर्ण बन्यो।

राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक राजु बस्नेत भन्छन्, “टीम सन्तुलित थियो। एक खेलाडीमा भर परेको देखिएन। हरेक खेलमा फरकफरक खेलाडीहरूले आवश्यकताअनुसार प्रदर्शन गरे।”

“प्रशिक्षक मोन्टी देशाईले पनि खेलाडीहरूमा आत्मबल प्रशस्त थपिदिएको मलाई लाग्छ। एउटा प्रशिक्षकले टोलीमा कसरी फरक पार्न सक्छ भन्ने उदाहरण देशाई हुन्।”

प्रशिक्षक मोन्टी देशाईको प्रभाव
भर्खरै नेपाली टोलीलाई प्रशिक्षण गर्ने उत्तरदायित्व वहन गर्न थालेका भारतीय प्रशिक्षक मोन्टी देशाईका लागि यो पहिलो शृङ्खला थियो।

मूलतः देशाई ब्याटिङ प्रशिक्षक हुन्। उनले नेपाली टोली र खेलाडीहरूलाई पहिले नै चिनेका हुनाले उनलाई सबैको क्षमता थाहा थियो।

मोन्टी देशाई

मोन्टी देशाई

उनी खेल्न जानुअगाडि खेलाडीहरूलाई भन्थे, “शिर उठाएर खेल। तिमी आउट हुनु वा नहुनु ठूलो कुरा होइन, खेल आत्मविश्वासका साथ सानदार ढङ्गले खेल्ने हो।”

टोली सम्हालेकै दिन ‘ड्रेसिङ रुमको वातावरण सफा गर्ने’ वाचा गरेका देशाईले त्यस्तो वातावरण छिट्टै नै ल्याइदिए।

दीपेन्द्र सिंह ऐरी भन्छन्, “प्रशिक्षक एकदम पोजिटिभ हुनुहुन्छ। खेलाडीलाई नमिठो हुने कुरा गर्नुहुन्न। परिस्थिति बुझाइदिनुहुन्छ। यसले खेलाडीमा ऊर्जा दिएको छ।”

आईपीएलमा खेल्ने भारतीय क्लब राजस्थान रोयल्समा पनि ब्याटिङको प्रशिक्षण गरेका देशाई अफगानिस्तान र वेस्ट इन्डिजका पनि प्रशिक्षक रहिसकेका छन्।

नेपालले चारवटै खेल जितेपछि देशाईले यसलाई आफ्नो करीअरको एउटा बिर्सिन नसकिने जित भनेका थिए।

नेपाली क्रिकेटले देशाईलाई सम्झिने अर्को रोमाञ्चक कारण पनि छ।

पाँच वर्षअगाडि नेपाली यू-१९ टोलीले भारतलाई एशिया कप क्रिकेटमा पराजित गर्दा देशाई नेपालको ब्याटिङ कन्सल्टेन्ट थिए भने दीपेन्द्र सिंह ऐरी कप्तान थिए।

त्यो कुनै पनि फर्म्याटको क्रिकेटमा नेपालको भारतसँगको पहिलो र एक मात्र जित थियो।

नेपालमा एकपछि अर्को प्रशिक्षक परिवर्तन भइरहेका बेला देशाई १५ महिनामा फेरिएका चौथा प्रशिक्षक हुन्।

विसं २०७८ असोजमा हेभिवेट नामका रूपमा नियुक्त भएका अस्ट्रेलियाका डेब ह्वाटमोरले परम्परागत कमजोरी भनिएको ब्याटिङमा चामत्कारिक परिवर्तन गरिदिएको देखिएको थियो।

सायद एक वा बढी मानिसहरू, घरबाहिर र भिड को फोटो हुनसक्छ
दीपेन्द्रसिंह ऐरी: नेपाली क्रिकेटका सबैभन्दा भरपर्दा खेलाडीका रूपमा उदाएका युवा
कुशल भुर्तेलजस्ता खेलाडी उनकै प्रशिक्षणमा उदाएका थिए।

तर उनको राजीनामापछि आएका पुराना प्रशिक्षक पुबुदु दशानायकेले टीमलाई लयमा ल्याउन नसकेको बताइन्छ। त्यसपछिका मनोज प्रभाकरको पालामा त टोली झन् खस्किएको थियो ठानिन्छ।

देशाईले भने आशाको दरिलो सङ्केत दिएका खेलाडीहरू बताउँछन्।

घरेलु मैदान र दर्शकको लाभ

सायद एक वा बढी मानिसहरू, उभिएका मानिसहरू, घरबाहिर र 'CAN' भन्ने पाठ को फोटो हुनसक्छ
कीर्तिपुर मैदानको पिच पहिलेभन्दा फरक छ।

बलिङ पिचको रूपमा लामो समय परिचय बनाएको त्रिभुवन विश्वविद्यालयको मैदान पछिल्लो समय ब्याटिङका लागि राम्रो हुँदै आएको ठानिन्छ।

घरेलु पिचले पनि खेलाडीहरूको आत्मबलमा फरक पर्ने ठानिन्छ। त्यसको भरपुर सदुपयोग यसपालि नेपाली खेलाडीहरूले गरैकै हुन्।

अन्तिम दिनको खेल जितेपछि कप्तान पौडेलले भनेका थिए, “घरेलु पिचमा अभ्यस्त हुँदा पनि हामीलाई फाइदा भयो।”

त्यसमा घरेलु दर्शकको सदा झैँ साथ त छँदैछ।

नेपाल टी-२० मा दर्शकलाई निःशुल्क मैदान प्रवेश गर्न दिँदा पनि मैदान खालि भएको थियो। रुष्ट बनेका दर्शकहरू अन्य खेलमा नआउने हुन् की भन्ने चिन्ता समेत बढेको थियो।

तर दर्शकले राष्ट्रिय टोलीलाई गर्ने मायामा भने कुनै कमी आएन। अनि खेलाडीहरूले पनि दर्शकलाई निराश बनाएनन्।

Image

सधैँ टस जित्नु मिठो संयोग
नेपालले चारवटै खेलमा टस जित्यो र दोस्रो ब्याटिङ गर्ने निर्णय लिन पायो।

यसलाई नेपालका लागि मिठो संयोग मान्नुपर्छ।

अर्को सुखद संयोग के भयो भने यसपालि कीर्तिपुरमा खेलिएका सबै खेलमा दोस्रो ब्याटिङ गर्ने टोलीले जित्यो।

बिहानीको समयमा ओसिलो पिच ओसिलो हुने भएकाले बलको गति भिन्न हुने भएकाले त्यसको फाइदा बलरहरूलाई हुन्थ्यो। नेपाली टोली सन्दीप लामिछानेको बलिङमा सबै खेलमा त्यसबाट लाभान्वित भएको पाइयो।

नामिबियाका कप्तानले टस जित्न नसकेकोमा गुनासो नै गरेका थिए।

सायद एक वा बढी मानिसहरू, उभिएका मानिसहरू र भिड को फोटो हुनसक्छ

चुनौती र अवसर
स्कटल्यान्ड र नामिबियासँगको शृङ्खलामा आफ्नो वर्चस्व कायम राख्नु नेपालका लागि सन् २०१४ को विश्वकप छनोटपछिको सबैभन्दा सानदार घटना हो।

अब आगामी साताबाट यूएईमा हुने अर्को शृङ्खलामा आफ्नो लय कायम राख्दै जित्ने गर्नु खेल्नुपर्ने चुनौती नेपाली टोलीसमक्ष छ।

त्यहाँ नेपालले लीग-२ अन्तर्गत यूएई र पपुवा न्यूगिनीसँग चारवटा खेल खेल्नेछ।

यही लयलाई कायम राख्न सके नेपालले सजिलैसँग ओडीआई मान्यता जोगाउन सक्छ।

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू र भिड को फोटो हुनसक्छ

Share Now

Leave a comment.