Prakash Adhikari February 28, 2023

 

काठमाडौं, १६ फागुन । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।

आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिएको छ। उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ।

आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिनुभएको छ। दुवै उम्मेदवारहरुविरुद्ध कुनै उजुरी र दावी विरोध पनि परेको छैन।

उम्मेदवारी फिर्ता लिने समय सकिएपछि आजै साँझ ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

Share Now

Leave a comment.