Prakash Adhikari March 5, 2023

कोलम्बो(श्रीलंका), २१ फागुन । तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले २ स्वर्ण र २ रजत पदक जितेको छ ।

श्रीलंकाको रतनपुरा इन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालले २ स्वर्ण र २ रजत पदक जित्न सफल भएको हो ।

९ वर्ष उमेर समूहमा सन्यम कँडेलले र ७५ केजी तौल समूहमा कमरुद्धिन अलिले स्वर्ण पदक जित्न सफल भएका हुन भने पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ भने रजत पदकमा चित्त बुझाउनु परयो ।

सो खेलमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान श्रीलंकासहित ५ राष्ट्रको सहभागिता थियो । प्रतियोगितामा नेपालबाट भने ५ जना खेलाडीका सहभागिता रहेको थियो ।

नेपाल कराँते महासंघका महासचिव एवं दक्षिण एशियाली वादोरियो कराँते महासंघका अध्यक्ष हरिशरण केसीको नेतृत्वमा टिम व्यवस्थापक जेनिश पन्थीसहितको टोली ५ खेलाडी लिएर श्रीलंका पुगेको थियो ।

Share Now

Leave a comment.